फाल्गुनन्द साकोसको ९ औं साधारणसभा सम्पन्न

 लिम्बुवान खबर
                       

दमक । दमक ६ स्थित लिङदेन मार्गमा मुख्य कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले कोरोना संक्रमणको असरलाई मध्यनजर गरेर यस बर्षको ९ औं बार्षिक साधारणसभा एक साता लगाएर सम्पन्न गरेको छ ।

५ असोजमा बार्षिक प्रतिवेदन सार्वजनिक गरेर शुरु भएको साधारणसभा एक साता लामो सञ्चालन भएको थियो । संस्थाले मुख्य कार्यालय सहित विर्तामोड,कमलको मंगलवारे, मोरङको उर्लावारी, इलामको माङसेवुङस्थित भन्ज्याङ र शिवसताक्षीको झिलझिलेबाट आफ्ना शेयर सदस्यहरुलाई प्रतिवेदन उपलब्ध गराएको संस्थाका अध्यक्ष पदम लिङदेन (संकल्प ) ले बताए ।

संस्थाले आफना सेवा केन्द्रहरु मार्फत आलोपालो गरेर १३ असोजसम्म प्रतिवेदन उपलब्ध गराएको थियो । सो समय भित्र सम्पर्क गर्न नसकेका सदस्यहरुलाई निरन्तर प्रतिवेदन उपलब्ध गराउँदै सुझाव लिएर साधारणसभा सम्पन्न गरिएको संस्थाका व्यवस्थापक कुबेर तुम्बापोले जानकारी दिए ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण सहकारीले यसबर्ष भव्य रुपमा साधारणसभा सम्पन्न गर्न कठिनाई भएकाले क्षेत्रगत आधारमा साधारणसभा गर्नु परेको संस्थाका सचिव दिलीप जवेगुले वताए । साधारणसभामा अध्यक्ष लिङदेनसहित लेखा समितिको प्रतिवेदन सुझाव सहित पारित गरिएको थियो ।

साधारणसभा पछि संस्थाका सञ्चालक समितिसहित विभिन्न उपसमितिको संयुक्त बैठकले साधारणसभाको समीक्षा समेत सम्पन्न गरिएको कोषाध्यक्ष फूलकुमारी आङदेम्बेले वताईन् । समीक्षा बैठक संस्थाको मुख्य कार्यालयमा शनिवार सम्पन्न गरिएको तथा बैठकले साधारणसभा सम्पन्न गर्न सहयोग पुरयाँउने शेयर सदस्यसहित अहोरात्र खट्ने कर्मचारीलाई धन्यवाद दिने समेत निर्णय भएको उनले जनाईन् ।

सेवा केन्द्र विस्तार गरिँदै

दमक सहित विर्तामोडमा सेवा केन्द्र सञ्चालनमा रहेको सो संस्थाले यस बर्ष झापाको शिवसताक्षी र मोरङका उर्लावारी समेत सेवा केन्द्र विस्तार गर्न प्रस्ताव अघि बढाएको छ । साधारणसभाको कार्यसूचि अनुसार माईपूर्व क्षेत्रका शेयर सदस्यहरुका लागि विर्तामोडस्थित सेवा केन्द्रमा असोज ७ गते, शिवसताक्षी क्षेत्रका लागि झिलझिलेमा असोज ८, ९ गते कमल गाँउपालिकाको मंगलवारेमा , १० गते इलामको माङसेवुङ क्षेत्रका लागि भन्ज्याङमा, दमक वडा नम्बर १, ७, ८, ९ र १० का शेयर सदस्यका लागि असोज ११ ,दमक २, ३, ४, ५ , ६ र ७ का शेयर सदस्यका लागि असोज १२ गते र मोरङको उर्लावारी क्षेत्रका शेयर सदस्यका लागि असोज १३ गते प्रधान कार्यालय दमकमा साधारणसभाको प्रतिवेदन उपलव्ध गराइएको थियो । झापा जिल्लाभरि कार्यक्षेत्र रहेको सो सहकारीमा पुरुष ४३८ र महिला ६३७ गरि १०७९ जना शेयर सदस्य छन् ।

शेयर पूंजीमा बृद्धि

गएको आर्थिक बर्षसम्म संस्थाको २ करोड ७९ लाख १४ हजार ७ सय कुल शेयर पूंजी ,बचत ८ करोड १ लाख २४ हजार ७ सय १५,कर्जा लगानी १० करोड ७० लाख ९१ हजार ९१ रुपैया पुगेको प्रतिवेदनमा उल्लेखछ ।

सम्बन्धित समाचार

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...

विजयपुर दरबार परिसरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न

धरान, २ साउन । सुनसरीको धरानस्थित लिम्बुवानको ऐतिहासिक राजधानी विजयपुरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार विजयपुर दरबार परिसर संरक्षण संघर्ष समितिको आयोजनामा बृहत सरसफाई कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा काङसाेरे फाेर्सकाे...

केर्खा बजारमा सिरिजङ्गा सिं थेवेकाे शालिक अनावरण

बसन्तराज सुब्बा कमल, झापा । कमल गाउँपालिका वडा नं. ३ स्थित केर्खा बजारमा स्थापना गरिएको याक्थुङ्/लिम्बू भाषा, लिपि, साहित्य, संस्कृतिका पुन:उत्थानकर्ता त्येअङ्सी सिरिजङ्गा सिं थेवेको शनिवार अनावरण गरिएको छ । किरात याक्थुङ् चुम्लुङ वडा कार्य...

चुलाचुली रङ्गमञ्चद्वारा ‘झाेडा’ नाटक कृति विमाेचन र वृत्तचित्र प्रदर्शन

चुलाचुली/ चुलाचुली रङ्गमञ्च इलामको आयोजनामा वृत्तचित्र प्रदर्शन तथा कृति विमोचन कार्यक्रम सम्पन्न भएको छ। चुलाचुली गाउँपालिकाको सभाहलमा आयोजित एक विशेष समारोहका बीच ‘झोडा लाखभूमीको कथा’ नामक नाटक कृति विमोचन गरिएको हो। उक्त कृतिलाई कार्यक्रमका प्रमुख...