राष्ट्रिय शहिद माङ्तोकको शालिक अनावरण

,   लिम्बुवान खबर
                       

चुलाचुली। राष्ट्रिय शहिद राजकुमार आङ्देम्बे ‘माङ्तोक’को पूर्णकदको शालिक इलामको चुलाचुली १, कमल तेह्रौं माङ्तोक स्मृति दिवसको अवसरमा आज अनावरण गरिएको छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’द्वारा शालिकको अनावरण भएको छ ।

प्रमुख अतिथि लिङ्देनले लिम्बुवान आन्दोलनको क्रममा ऐतिहासिक पहिलो संविधानसभाको चुनाव पूर्णसमानुपातिक प्रणालीद्वारा गरिनु पर्छ भन्ने आन्दोलनको क्रममा ९० घण्टा लामो कर्फूको क्रममा गोली लागि शहिद हुनुभएका राजकुमार आङ्देम्बेको रगतलाई सुक्न नदिने बताएका छन् । संघीयता भनेको नै पहिचानको आधारमा हुन्छ त्यो प्रश्न गर्नुको कुनै अर्थ नभएको वताउनु हुँदै संविधान धेरै मान्छौ धेरै मान्दैनौ पनि अध्यक्ष लिङ्देनले प्रष्ट पारे । विभिन्न बस्तुहरुको उदाहरण दिदै लिङ्देनले संघीयतामा जाने फेरि पहिचानलाई रोक्ने भनेको त्यहाँ ठूलो विद्रोह हुन्छ, हामी जनतालाई दुःख दिन चाहादैनौं बरु सदनमा गएर सभामूख या प्रधानमन्त्रीलाई कुर्सी हान्ने बताए । अध्यक्ष लिङ्देनले अबको संघको चुनावमा कम्तिमा चालीसपचास जनाभन्दा धेरै संसद पठाउने गरी ७७ वटै जिल्लामा मञ्चलाई पु¥याउने लक्ष्य रहेको बताए ।

प्रतिष्ठानका अध्यक्ष ज्ञान बहादुर गुरुङ्ले शालिक निर्माणमा आर्थिक सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक कृतज्ञता व्यक्त गरेका छन् । शालिक निर्माण गर्नु र राष्ट्रिय शहिद प्राप्त गर्नु यो साधारण कुरा होईन कसैले नचाहँदा नचाहँदै शहिद हुनु शहिद भनेको परिवर्तनको निमित्त, राष्ट्रियता प्राप्तिको निमित्त जिवन बलिदानी गर्नु नै शहिद बन्नु भएको हुँदा शहिद माङ्तोक मनिलको सपना पुरा गर्ने अठोठका साथ प्रतिष्ठान स्थापना भएको गुरुङ्ले बताए ।

आजको उक्त कार्यक्रममा मञ्चका केन्द्रीय नेताहरुको बाकुलो उपस्थिति रहेको थियो । आजै कमल गाउँपालिका सानो केर्खा स्थित शहिद राजकुमार आङ्देम्बे माङ्तोकको समाधिस्थलमा श्रद्धाञ्जलि कार्यक्रम सम्पन्न भएको छ । त्यसैगरी समाधिस्थल पूर्वको खाली जग्गामा “राष्ट्रिय शहिद माङ्तोक मनिल स्मृति पार्क”को बोर्ड राखी उक्त वोर्डको मञ्चका अध्यक्ष र बरिष्ठ उपाध्यक्षज्यूहरुको हातबाट बोर्डको उद्घाटन समेत गरिएको प्रतिष्ठानका महासचिव दिल कुमार लावतीले बताए । 

शहिद राजकुमार आङ्देम्बे ‘माङ्तोक’–मनिल तामाङ् स्मृति प्रतिष्ठानको पहलमा २०७४ सालमा नै माङ्तोकको शालिक बनाउने भनी शहिद माङ्तोक शालिक निर्माण समिति निर्माण गरेको थियो ।

शालिक निर्माण समितिको पहलमा विभिन्न व्यक्तिहरुबाट करिब १४ लाख रकम संकलन गरी उक्त शालिक निर्माण गरिएको हो ।

आजका दिन संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति, ताप्लेजुङ्, पान्थर, इलाम, झापा, सुनसरी लगायतका विभिन्न जिल्लाहरुमा १३अाै स्मृति सभा मनाएको जनाएको छ ।

 

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;