शहीद ’माङ्तोक’को स्मृति दिवसमा रक्तदान

,   लिम्बुवान न्युज
                       

बिर्तामोड। लिम्बुवानका आधुनिककालका प्रथम राष्ट्रिय शहीद राजकुमार आङ्देम्बे ‘माङ्तोक’को १३औ स्मृति दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । संघीय लिम्बुवान मञ्च, नेपाल बिर्तामोड नगर समितिकाे अायाेजनामा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएकाे हाे ।

नेपालको ऐतिहसिक प्रथम संविधानसभाको चुनाब पूर्ण समानुपातिक प्रणालिको आधारमा हुनुपर्ने र पहिचानसहितको लिम्बुवान १० १ प्रान्त हुनुपर्ने माग गर्दै भएको अनिस्चितकालिन लिम्बु वान आमहड्तालको क्रममा २०६४ साल असोज २० गते कमल गाउँपालिकाको कमल खोला किनारमा आन्दोलनका क्रममा राजकुमार आङ्देम्बे’माङ्तोक’ले शाहद्त प्राप्त गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा १६ जनाले रक्तदान गरेको संघिय लिम्बुवान मञ्च नेपाल जिल्ला कार्यसमिति झापाका सचिव राजा आङ्थुपोले जानकारी दिए ।

 

कार्यक्रम संघिय लिम्बुवान मञ्च नेपालका प्रान्तिय वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङकाे प्रमुख अातिथ्यतामा सम्पन्न भएकाे थियाे । उपाध्यक्षा गुरूङले शहिदकाे रगतले पाेतिएकाे लिम्बुवान सहितकाे पहिचान अान्दाेलन निरन्तर अगाडि बढिरहने बताए । बरू हामी मछेर जान सक्छाैं तर हाम्राे अान्दाेलन पहिचान स्थापित नभएसम्म निरन्तर रहने गरूङले बताए । उक्त  कार्यक्रममा मञ्चका उपाध्यक्ष ज्ञानबहादुर इम्वुङ, केन्द्रीय सचिव राजु राई, केन्द्रीय सचिवालय सदस्य भक्त मेन्याङ्वो, केन्द्रीय सदस्य नन्दु मेन्याङ्वो, झापा जिल्ला अध्यक्ष धनबहादुर पन्धाक, बिर्तामोड नगर अध्यक्ष रञ्जितमान राई लगायतले लिम्बुवानका आधुनिककालका प्रथम राष्ट्रिय शहीद राजकुमार आङ्देम्बे’माङ्तोक’ले लिम्वुवान आन्दोलनमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।

त्यस्तै नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाका सभापति सजेश शिवाकोटीले झापामा भइरहेको रगतको अभावलाई मध्यनजर गर्दै संघिय लिम्बुवान मञ्च नेपाल नगर समिति बिर्तामोडले रक्तदान गरेकोमा समितिलाई बधाई दिएका थिए ।

रक्तदान गर्ने रक्तदातालाई प्रमाण पत्र वितरण गरिएको कार्यक्रमको सहजीकरण संघिय लिम्बुवान मञ्च नेपाल जिल्ला कार्यसमिति झापाका सचिव राजा आङ्थुपोले गरेका थिए ।

त्यसैगरी लिम्बुवानका आधुनिककालका प्रथम राष्ट्रिय शहीद राजकुमार आङ्देम्बे’माङ्तोक’को चुलाचुली–१कमल मिलडाँडामा रहेको शालिक अनावरण गरिएको थियो । शालिकको अनावरण संघिय लिम्बुवान मञ्च नेपालका राष्ट्रिय अध्यक्ष कुमार लिङ्देन मिराकले गरेका थिए ।

त्यस्तै कमल सानो केर्खा ’माङ्तोक’ समाधीस्थलमा शहिद राजकुमार आङ्देम्बे ‘माङ्तोक’–मनिल तामाङ् स्मृति प्रतिष्ठानकाे अायाेजनामा  लिम्बुवानका आधुनिककालका प्रथम राष्ट्रिय शहीद राजकुमार आङ्देम्बे ’माङ्तोक’को समाधीमा माल्यापर्ण सहित मौनधारण गरी श्रद्धाञ्जलि अर्पण गरिएकाे छ । साथै  स्मृति पार्क लेखिएकाे वोर्डको समेत संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराक र शहिद प्रतिष्ठानका अध्यक्ष ज्ञान बहादुर गुरुङ् द्वयबाट उद्घाटन गरिएको छ ।

त्यसैगरी संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति ताप्लेजुङ्, पाँचथर लगायत विभिन्न जिल्लाहरु, नगर र प्रवास कार्य समितिहरुले पनि शहिद राजकुमार आङ्देम्बे माङ्तोकको १३औं स्मृति दिवस भव्यरुपमा मनाएको मञ्चका महासचिव अशोक चेम्जोङ्ले बताएका छन् ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;