शहीद ’माङ्तोक’को स्मृति दिवसमा रक्तदान

 लिम्बुवान न्युज
                       

बिर्तामोड। लिम्बुवानका आधुनिककालका प्रथम राष्ट्रिय शहीद राजकुमार आङ्देम्बे ‘माङ्तोक’को १३औ स्मृति दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । संघीय लिम्बुवान मञ्च, नेपाल बिर्तामोड नगर समितिकाे अायाेजनामा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएकाे हाे ।

नेपालको ऐतिहसिक प्रथम संविधानसभाको चुनाब पूर्ण समानुपातिक प्रणालिको आधारमा हुनुपर्ने र पहिचानसहितको लिम्बुवान १० १ प्रान्त हुनुपर्ने माग गर्दै भएको अनिस्चितकालिन लिम्बु वान आमहड्तालको क्रममा २०६४ साल असोज २० गते कमल गाउँपालिकाको कमल खोला किनारमा आन्दोलनका क्रममा राजकुमार आङ्देम्बे’माङ्तोक’ले शाहद्त प्राप्त गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा १६ जनाले रक्तदान गरेको संघिय लिम्बुवान मञ्च नेपाल जिल्ला कार्यसमिति झापाका सचिव राजा आङ्थुपोले जानकारी दिए ।

 

कार्यक्रम संघिय लिम्बुवान मञ्च नेपालका प्रान्तिय वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङकाे प्रमुख अातिथ्यतामा सम्पन्न भएकाे थियाे । उपाध्यक्षा गुरूङले शहिदकाे रगतले पाेतिएकाे लिम्बुवान सहितकाे पहिचान अान्दाेलन निरन्तर अगाडि बढिरहने बताए । बरू हामी मछेर जान सक्छाैं तर हाम्राे अान्दाेलन पहिचान स्थापित नभएसम्म निरन्तर रहने गरूङले बताए । उक्त  कार्यक्रममा मञ्चका उपाध्यक्ष ज्ञानबहादुर इम्वुङ, केन्द्रीय सचिव राजु राई, केन्द्रीय सचिवालय सदस्य भक्त मेन्याङ्वो, केन्द्रीय सदस्य नन्दु मेन्याङ्वो, झापा जिल्ला अध्यक्ष धनबहादुर पन्धाक, बिर्तामोड नगर अध्यक्ष रञ्जितमान राई लगायतले लिम्बुवानका आधुनिककालका प्रथम राष्ट्रिय शहीद राजकुमार आङ्देम्बे’माङ्तोक’ले लिम्वुवान आन्दोलनमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।

त्यस्तै नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाका सभापति सजेश शिवाकोटीले झापामा भइरहेको रगतको अभावलाई मध्यनजर गर्दै संघिय लिम्बुवान मञ्च नेपाल नगर समिति बिर्तामोडले रक्तदान गरेकोमा समितिलाई बधाई दिएका थिए ।

रक्तदान गर्ने रक्तदातालाई प्रमाण पत्र वितरण गरिएको कार्यक्रमको सहजीकरण संघिय लिम्बुवान मञ्च नेपाल जिल्ला कार्यसमिति झापाका सचिव राजा आङ्थुपोले गरेका थिए ।

त्यसैगरी लिम्बुवानका आधुनिककालका प्रथम राष्ट्रिय शहीद राजकुमार आङ्देम्बे’माङ्तोक’को चुलाचुली–१कमल मिलडाँडामा रहेको शालिक अनावरण गरिएको थियो । शालिकको अनावरण संघिय लिम्बुवान मञ्च नेपालका राष्ट्रिय अध्यक्ष कुमार लिङ्देन मिराकले गरेका थिए ।

त्यस्तै कमल सानो केर्खा ’माङ्तोक’ समाधीस्थलमा शहिद राजकुमार आङ्देम्बे ‘माङ्तोक’–मनिल तामाङ् स्मृति प्रतिष्ठानकाे अायाेजनामा  लिम्बुवानका आधुनिककालका प्रथम राष्ट्रिय शहीद राजकुमार आङ्देम्बे ’माङ्तोक’को समाधीमा माल्यापर्ण सहित मौनधारण गरी श्रद्धाञ्जलि अर्पण गरिएकाे छ । साथै  स्मृति पार्क लेखिएकाे वोर्डको समेत संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराक र शहिद प्रतिष्ठानका अध्यक्ष ज्ञान बहादुर गुरुङ् द्वयबाट उद्घाटन गरिएको छ ।

त्यसैगरी संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति ताप्लेजुङ्, पाँचथर लगायत विभिन्न जिल्लाहरु, नगर र प्रवास कार्य समितिहरुले पनि शहिद राजकुमार आङ्देम्बे माङ्तोकको १३औं स्मृति दिवस भव्यरुपमा मनाएको मञ्चका महासचिव अशोक चेम्जोङ्ले बताएका छन् ।

सम्बन्धित समाचार

हल्दीबारीमा संयुक्त पहिचानवादी मोर्चा गठनः संयोजकमा सन्त थाम्सुहाङ्

दमक, झापा । संयुक्त पहिचानवादी मोर्चा झापा जिल्ला हल्दीवारी गाउँपालिका समिति विस्तार भएको छ । सोमबार हल्दीबारीमा आयोजित एक कार्यक्रमले सन्त थाम्सुहाङको संयोजकत्वमा समिति विस्तार गरिएको हो । समितिमा सहसंयोजक चन्द्र मगर, सदस्यसचिवमा मनकुमार लिङखिम...

मुक्कुमलुङ संरक्षणका लागि दुईदिन वृक्षारोपण गरिने

दमक, २९ जेठ । लिम्बु जातीहरुको आस्थाको धरोहर मुक्कुमलुङ संरक्षणका लागि वृक्षारोपण श्रृंखला २ कार्यक्रम गरिने भएको छ । मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिको संयुक्त आयोजनामा जेठ ३१ र असार...

डाक्टर सुजनालाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गरिने

उर्लाबारी, २७ जेठ/ धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिले हरेक वर्ष प्रदान गर्दै आएकाे धिमाल युवा प्रतिभा पुरस्कार डा. सुजना धिमाललाई प्रदान गरिने भएकाे छ । धिमाल युवा प्रतिभा पुरस्कार छनाैट समितिकाे धिमाल परियाेजना स्थल,...

मुक्कुमलुङ बचाउ आन्दोलनमा घाइते याम लिम्बूलाई नेतृत्वले भेटे

तेह्रथुम/ मुक्कुमलुङ बचाउ आन्दोलनमा २०८१ माघ १२ गते बलुडाँडामा भएको झडपमा परि सशस्त्रको गोलि बाट घाइते भएका याम बहादुर सुक्वाबा लिम्बूलाई तेह्रथुम स्थित मुक्कुम्लुङ संरक्षण सहयोग समितिका नेतृत्वहरुले सामुहिक भेट गरेका छन । आज याम...