चुलाचुली कुमाले खोलामा पक्की पुलको शिलान्यास

 लिम्बुवान खबर
                       

चुलाचुली। इलामको चुलाचुली गाउँपालिका वडा नं. को कुमाले खोलामा पक्की पुल बन्ने भएको छ । गाउँपालिकाको समन्वय र १ नम्बर प्रदेश सरकारको आर्थिक सहयोगमा सो पुल निर्माण हुन लागेको सो वार्डका अध्यक्ष पूर्ण लावतीले बताए ।

तस्वीरः सञ्जय राईको फेसबुक पेजबाट

उक्त पुलको शिलान्यास प्रदेश सभासदस्य माननीय धिरेन्द्र शर्मा (रमण) को बाहुलीबाट शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । शिलान्यास कार्यक्रममा चुलाचुलीका जनप्रतिनिधिहरु, राजनैतिक दल, सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा भौतिक पूर्वाधार कार्यालय भद्रपुरका प्रमुख रमेश श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

उक्त शिलान्यास कार्यक्रम भौतिक पूर्वाधार विकास मन्त्रालय यातायत पूर्वाधार निर्देशनालय पूर्वाधार विकास कार्यालय, झापाले आयोजना गरेको हो ।

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;