जसपा निकट युवाको मोटरसाइकल र्याली विवादित

,   लिम्बुवान खबर
                       

दमक। पूर्व सङ्घीय समाजवादी फोरम निकट समाजवादी युवा फोरम झापा र नयाँ शक्तिनिकट युवा शक्ति नेपाल झापाले असोज २२ गते हुने भनिएको झापा जिल्लाव्यापी मोटरसाइकल र्यालीमा आफूहरुको संलग्नता नरहने जनाएको छ ।

जसपा निकट युवा संगठनमा उत्पन्न विवादसँगै केपी ओली सरकारको भ्रष्ट गतिविधि विरुद्ध जिल्लामा आह्वान गरिएको मोटरसाइकल र्याली विवादित बनेको हो । बुधबार दमकमा समाजवादी युवा फोरम झापा र युवा शक्ति नेपाल झापाले संयुक्ति पत्रकार सम्मेलन नै गरेर युवा संगठनका नाउँमा कुनै गतिविधि नगर्न भनेको हो ।

झापा जिल्लामा युवा संगठनको समायोजन नभएको जिकिर गर्दै दुई संगठनले जारी गरेको प्रेस विग्यप्तिमा भनिएको छ – ‘पार्टी मातहतका आधिकारिक युवा संगठनहरुको विधिवत समायोजन कार्य सम्पन्न नभएको अवस्थामा हाल जनता समाजवादी पार्टी निकट युवा संगठनको नाममा गलत र असांगठानिक गतिविधि भैरहेको सन्दर्भमा हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।’

समाजवादी युवा संघ प्रदेश १ समितिको नाममा आफूहरु विरुद्ध अराजनीतिक र असांगठानिक विग्यप्तिवाजीमा सत्यता नरहेको समाजवादी युवा फोरम झापा अध्यक्ष खेम दाहाल र युवा शक्ति नेपाल झापाका उपाध्यक्ष प्रज्वल भण्डारीबाट जारी संयुक्त विग्यप्तिमा उल्लेख छ ।

विग्यप्तिमा जनता समाजवादी पार्टी निकट युवा संगठनका गतिविधि गर्नु अघि पूर्व ससफो र नयाँ शक्ति निकट युवा संगठनहरुबीच विधिवत र समायोजन निर्देशिका बमोजिम संगठन समायोजन प्रकृया सम्पन्न गर्न समाजवादी युवा संघ प्रदेश समिति, केन्द्रीय समिति र पार्टी निकट समितिहरुलाई आह्वान गरिएको छ । जनता समाजवादी पार्टी निकट युवा संगठनले झापामा गर्ने भनेको विरोध र्याली विवादित बनेको छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;