सरकार विरुद्ध जसपा सम्बद्ध युवासंघकाे बिरोध प्रदर्शन

 लिम्बुवान खबर
                       

झापा । सरकारको बिरुद्धमा प्रधानमन्त्रीको गृहजिल्ला झापामा व्यापक बिरोध प्रदर्शन भएको छ । जनता समाजवादी पार्टी नेपाल सम्बद्व युवा संगठन (समाजवादी युवा संघ, राष्ट्रिय युवा संघ) झापा जिल्ला कमिटीकाे आयाेजनामा पार्टी एकताको सन्देश प्रवाह गर्दै सरकारको बेथितिको बिरुद्ध प्रदर्शन गरेको हो ।

 

पार्टी एकताको सन्देश सगसँगै सरकारकाे बेथिति, भ्रष्टाचार, कालाेवजारीकाे बिरुद्ध दमक देखि काँकडभिट्टा सम्म बृहत् खबरदारी माेटरसाइकल र्याली सम्पन्न गरेकाे जसपा निकट युवा संगठनका जिल्ला अध्यक्ष महेन्द्र कट्वालले जानकारी दिए । र्यालिकाे उद्घाटन पार्टीका केन्द्रीय नेता नित्यानन्द ताजपरियाले रिवान काटेर गर्नु भएकाे थियाे भने र्याली काँकडभिट्टा बजार परिक्रमा गर्दै भन्सार चाेकमा पुगेर काेणसभामा परिणाम भएकाे थियाे ।

काेणसभालाई पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश संसद राधा थापा, जिल्ला अध्यक्ष दिपेन बाला राई, पुर्व राजपाका जिल्लाका बरिस्ठ नेता सन्ताेष गणेश, राष्ट्रिय युवा संघका प्रदेश अध्यक्ष राेशन लिम्बू र समाजवादी युवा संघ प्रदेश महासचिव पवन विष्टले सम्वाेधन गरेका थिए भने समाजवादी युवा संघका झापा जिल्ला अध्यक्ष महेन्द्र कटुवालले समापन गरेका थिए ।

र्यालिमा पार्टीका केन्द्रीय नेताहरु विश्वानाथ राजवंशी, भक्त खेवाङ, धनप्रसाद गुरुङ, निर्मला तावा, युवाका केन्द्रीय सचिवालय सदस्य रजनि श्रेष्ठ केन्दिय सदस्य सराेज श्रेष्ठ, प्रदेश उपाध्यक्षहरु टाईसन लिम्बू, रमेश तुया राई, ताेया न्याैपाने, राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष हेमराज श्रेष्ठ लगायत पार्टीका संघिय परिषद सदस्य, प्रदेश सदस्यहरु युवा, विधार्थी, महिला संगठनका केन्द्रीय, प्रदेश र जिल्लाका नेताहरु लगायत करिव ३०० माेटरसाईलमा ५०० जनाकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रममा कर्मविर युवा संगठन काकडभिट्टाले पनि ऐक्यबद्धता जनाएको थियाे । संगठनकाे तर्फबाट नारायण कडरियाले ऐक्यबद्धता जनाएका थिए ।

सम्बन्धित समाचार

चैत्र २५ देखि संघर्ष समितिले निर्णायक आन्दोलन गर्ने

दमक, १६ चैत्र । कोशी प्रदेश नाम खारेजको माग गर्दै आन्दोलन गरिरहेका पहिचानवादीले निर्णायक आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । प्रदेश नं १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले चैत २५ गतेपछि प्रदेश राजधानी विराटनगर केन्द्रित...

कोशी प्रदेश नामाङकनको विरोधमा संघर्ष समितिद्वारा स्थानीय तहमा तालाबन्दी

दमक, १४ चैत । कोशी प्रदेश नामाङकन खारेजीको माग राख्दै आन्दोलनरत प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले स्थानीय तहहरुमा आजबाट तालाबन्दी शुरु गरेका छन् । प्रदेश १ को नाम पहिचानसहितको पुनः गरिनुपर्ने मुख्य...

लाजेहाङलाई राष्ट्रिय शहीद घोषणा गर्न माग

काठमाडौं, १४ चैत्र । जनता समाजवादी पार्टी (जसपा), नेपालले कोशी प्रदेश नामकरणको विरोधमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका पदम लिम्बु (लाजेहाङ्)लाई शहीद घोषणा गर्न माग गरेको छ । जसपाका प्रवक्ता मनिष सुमनले मंगलबार एक विज्ञप्ति...

विराटनगरमा पहिचानवादीहरुको आन्दोलन, हवाई फायर र अश्रुग्याँस प्रहार, २९ भन्दा धेरै घाइते

विराटनगर, १४ चैत्र । मोरङको विराटनगरस्थित होटेल बिगमा कोसी प्रदेशसभाका सांसद सहभागी हुने एक कार्यक्रममा अवरोध गर्न पहिचानवादी नेता–कार्यकर्ताले गरेको प्रदर्शनको क्रम प्रहरी र प्रदर्शनकारी विच झडप हुँदा २९ जना घाइते भएका छन् । दिगो...