जसपा र कांग्रेस परित्याग गरि नेकपामा प्रवेश

 लिम्बुवान खबर
                       

माङसेबुङ। इलामकाे माङसेबुङ गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) र नेपाली कांग्रेस परित्याग गरि नेकपा प्रवेश गरेकाे छ । विना सर्त स्वइच्छाले पार्टी परित्याग गरि नेकपा प्रवेश गरेकाे पार्टी स्राेतले जनाएकाे छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माङसेबुङ गाउँ कमिटि अध्यक्ष हेमन्त राईका अनुसार पार्टी परित्याग गरि नेकपामा प्रवेश गर्नेहरूमा माङसेबुङ ५ का जनता समाजवादी पार्टी इलाम जिल्ला सदस्य तथा पार्टी सम्बद्ध शिल्पि (दलित) संगठनका केन्द्रीय सदस्य तथा १ नम्बर प्रदेश उपाध्यक्ष लक्ष्मी कार्की दर्जी, माङसेबुङ ६ साविक बाँझाे ६ का नेपाली कांग्रेसका क्रियाशिल सदस्य कविचन्द्र राई, माङसेबुङ ६ साविक बाँझाे ३ का नेपाली कांग्रेसका अन्जु राई लगायतका व्यक्तिहरूले पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेकाे हाे ।

नवप्रवेशीहरूलाई पार्टीकाे उचित जिम्मेवारि दिई पार्टी र समाजकाे लागि क्रियाशिल बनाउने नेकपा माङसेबुङ गाउँ कमिटिले जनाएकाे छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;