फेसबुकले नेपालका ७५ सय सार्वजनिक स्थलमा थाल्यो फ्रि-वाइफाइ सेवा

,   लिम्बुवान खबर
                       

काठमाडौं । फेसबुकले नेपालमा ‘एक्सप्रेस-वाइफाइ’ सेवा सुरु भएको घोषणा गरेको छ । इन्टरेनट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकसँगको सहकाय गर्दै फेसबुकले नेपालका ७ हजार ५०० स्थानमा निःशुल्क एक्सप्रेस वाइफाइ थालेको बताएको हो ।

बिहीबार भएको पत्रकार सम्मेलनमा वर्ल्डलिंकले नेपालका सार्वजनिक स्थानमा यस्ता सेवा उपलब्ध हुने बताएको छ ।

फेसबुकले यस्तो वाइफाइ सेवाका लागि अन्य देशमा रहेका स्थानीय इन्टरनेट सेवा प्रदायकसँग सहकार्य गर्छ । एसियामा छनोट भएका भारत र नेपालमा फेसबुकले यसप्रकारको सेवा थालेको छ । सस्तो, भरपर्दाे र उच्च गतिको सार्वजनिक वाइफाइ प्रदान गर्न दुई कम्पनीबीचको सहकार्यले महत्वपूर्ण भूमिका खेल्ने दावी गरिएको छ ।

यो सेवाका लागि वर्ल्डलिंकलाई फेसबुकले पूर्वाधासहित आवश्यक उपकरण उपलब्ध गराउनेछ ।अब निःशुल्क वाईफाईका लागि एक्सेस प्वाइन्ट, नेटवर्क र ब्यान्डविथ कम्पनीको भएपनि फेसबुकले सफ्टवेयर प्लेटर्फम उपलब्ध गराउनेछ ।

अब पहिलेजस्तो एकपटक नेटवर्कमा कनेक्ट भएपनि पटक-पटक कोड राखेर कनेक्ट हुनपर्ने छैन । यसरी कम्पनीले १५ मिनेटदेखि दुई घण्टाको सीमा तोकेर निःशुल्क वाइफाइ सुविधा दिनेछ । तोकिएको अवधि सकिएपछि फेरि कनेक्ट गर्न सकिनेछ ।

वर्ल्डलिंकका सीईओ केशव नेपालले फ्रि वाइफाइ सेवा यसअघिबाटै दिइँदै आएपनि अब फेसबुकसँगको सहकार्यबाट सेवा प्रभावकारी बन्ने बताए । कम्पनीले  हाल देशभर १० हजार स्थानमा सार्वजनिक वाईफाई उपलब्ध गराइरहेको छ ।

यस्ता वाईफाइमा केवाईसी अनिवार्य भने छ । कम्पनीले यो परियोजनालाई सामाजिक उत्तरदायित्व अन्तरगत राखेर प्रवर्द्धन गरिरहेको छ ।

अब यस्ता सार्वजनिक वाइफाइ स्पटमा एकपटक कनेक्ट भएपछि अन्य स्थानमा वाइफाइमा स्वतः कनेक्ट हुने गरी सेवा विस्तार भएको छ ।

यस्तो वाइफाइमा जोडिन आफ्नो मोबाइल नम्बर राख्नुपर्छ । मोबाइलमा कोड आएपछि त्यसबाट सेवामा दर्ता हुन सकिन्छ । लोकल नम्बर नभए ह्वाट्सएप नम्बर पनि प्रयोग गर्न सकिने छ ।

कम्पनीले देशका ३० हजार ठाउँमा यस्तो सेवा विस्तार गर्ने लक्ष्य पनि राखेको छ । अब ग्रामीण भेगलाई प्राथमिकतामा राख्ने योजना छ ।

फेसबुकका ग्रोथ म्यानेजर अमित सिंहले फोरजी नेटवर्कमा यस्ता सेवाले चाप घटाउने बताए । उच्च गतिको इन्टरनेट सेवका पाउन एक्सप्रेस वाइफाइले सघाउने उनको भनाइ छ । यो सेवाका लागि फेसबुकले वर्ल्ड लिंकलाई क्लाउडमा आधारित सफ्टवेयर सिस्टम उपलब्ध गराएको छ ।

वर्ल्डलिंकका प्रबन्ध निर्देशक दिलीप अग्रवालले सुरुआतबाटै कम्पनीले जनतालाई अनेकन किसिमबाट स्तरीय सुविधा दिन खोजको बताए । सरकारले आईएसपीलाई छुट्याएको फि्रक्वेन्सी उपलब्ध गराए कम्पनीले डाटा सेवा पनि थाल्ने बताए ।

अब फेसकुकको सफ्टवेयर सिस्टमबाट सार्वजनिक वाइफाइ सेवा अझ प्रभावकारी बन्ने उनको दावी छ । (Onlinekhabar.com)

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;