मोरङकाे मिक्लाजुङमा लिम्बुवान भोलेन्टियर्सको मोटरसाईकल रर्याली संगै फिल्ड कमाण्ड गठन

,   लिम्बुवान खबर
                       

मोरङ। उत्तरी मोरङकाे मिक्लाजुङमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल अन्तर्गत लिम्बुवान भोलेन्टियर्सले वर्तमान सरकारको उदाङ्गो कार्यशैली प्रति खबरदारी गर्दै मोटरसाईकल रयाली गरेको छ ।

मोटरसाईकल रयाली मिक्लाजुङ् ३ धोवेनीदेखि किरात चौक साखारे हुँदै मिक्लाजुङ् ४ को संगम चौकको किरात निसाम हिममा पुगेर समाप्न भएको थियो ।

किरात निसाम हिमको सभाहलमा लिम्बुवानका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङकाे प्रमुख आतिथ्यता एवं मञ्चका सचिव तथा लिम्बुवान भोलेन्टियर्सका प्रवक्ता राजु राईको विशेष आतिथ्यता त्यसैगरी के.सचिवालय सदस्य रामचन्द्र थापामगर, लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय कमाण्डरहरु, मञ्चका जिल्ला नेताहरुको समेत कार्यक्रममा आतिथ्यता थियो ।

उक्त कार्यक्रममा बोल्दै बरिष्ठ उपाध्यक्ष गुरुङ् लिम्बुवान भोलेन्टियर्स (एल.भी.) भनेको लिम्बुवान आन्दोलनको मेरुदण्ड हो । लिम्बुवान भूमिको रक्षाको लागि अहोरात्र खटिन्ने भोलेन्टियर्सले विगत १५ बर्ष देखि लडिरहेको हुँदा मञ्चले भोलेन्टियर्सको सधै उच्च सम्मान गर्ने बताए । त्यसैगरी विशेष अतिथि एल.भी. प्रवक्ता राजु राईले नौ जिल्ला लिम्बुवानको सबै जिल्ला कमाण्ड, फिल्ड कमाण्डहरुलाई शसक्त बनाई लिम्बुवान आन्दोलन लगायत मञ्चले ल्याएको सबै प्रकारको कार्यक्रममा साथ दिने वताउँनु हुँदै एल.भी. भनेको भूमिको रक्षक हौं, एल.भी.ले लिम्बुवान वचाउन जस्तैसुकै परिस्थितिसँग लड्न सक्ने क्षमताको विकास गर्नका निमित्त यस्तो कार्यक्रमहरु निरन्तर गरिनु पर्नेमा जोड दिए ।

कार्यक्रममा लिम्बुवान भोलेन्टियर्स (एल.भी.) मिक्लाजुङ् फिल्ड कमाण्ड राम याक्थुङ्वाको कमाण्डमा ६४ सदस्यीय कमाण्ड समेत गठन भएको छ । सिनियर सिभिल कमाण्डरहरुमा सुखम राई र केशव नेपाली चयन भएको एल.भी. केन्द्रीय सिनियर कमाण्डर गणेश मिभकले जनाएका छन् ।

 

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;