पापोहाङ् लाओती सयङकाे वंशावली विमोचन

 लिम्बुवान खबर
                       

दमक। झापाको दमकमा पापोहाङ् लाओती सयङ्ले प्रकाशन गरेको वंशावली आज विधिवत रुपमा विमोचन गर्दै सार्वजनिक गरेको छ ।
सयङका प्रमुख सल्लाहकार खड्ग सुन्दर लाओती, सल्लाहकारद्वय ज्ञानोदय लाओती र जीत बहादुर लाओतीको हस्तवाहुलीबाट वंशावली विमोचन गरिएको हो ।

पापोहाङ् लाओती सयङ् केन्द्रीय कार्य समितिले प्रकाशन गरेको ५ सय पृष्ठ भन्दा धेरै पेजको वंशावली लेखन उपसमितिको संयोजकमा धर्मजंग लाओती र सचिवमा विजय वोध लाओती रहेका छन् । भाषा सम्पादन वीर बहादुर लाओतीले गर्नुभएको उक्त वंशावलीको साजसज्जा डम्बर तुम्बापो बुद्धले गरेका छन् भने प्रकाशन दमक स्रष्टा छापाखानाले गरेको हाे ।

पुस्तकमा लाओती वंशको इतिहास, वंशक्रम र लाओती परिवारका लब्ध प्रतिष्ठित व्यक्तिहरुको परिचय लगायत विषयहरुलाई समेटिएको छ ।
उक्त कार्यक्रममा सयङका प्रमुख सल्लाहकार खड्गसुन्दर लाओती, सल्लाहकार द्वय ज्ञानोदय लाओती र जीत बहादुर लाओतीले लामो प्रतिक्षा पछि प्रकाशित वंशावलीले आगामी दिनमा लाओती बन्धुहरु बिचको साइनो सम्बन्ध छुट्याउनमा थप मद्दत पुग्ने चर्चा गरेका छन् ।

विमोचन कार्यक्रम सयङका अध्यक्ष जगतजंग लाओतीको सभाध्यक्षता, सयङका सह–अध्यक्ष प्रेमपुत्र लाओतीको स्वागत मन्तव्यका साथै महासचिव कान्छा लाओतीको संचालनमा कार्यक्रम सम्पन्न भएको छ ।

कोरोना भाइरसको कारण इलाम, झापा, मोरङ्, सुनसरी लगायतका जिल्लाहरुबाट सिमित लाओती बन्धुहरुमात्र विमोचन कार्यक्रममा उपस्थित भएको कार्यक्रम आयोजक तथा पत्रकार विजयवाेध लाओतीले बताए ।

 

सम्बन्धित समाचार

अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको लिए शपथ

ललितपुर, ११ चैत्र । नेपाली कांग्रेसबाट नवनिर्वाचित प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ ग्रहण गराएका हुन् । केसी...

सहिद लाजेहाङको स्मृति सभामा पहिचानवादीहरूले प्रदेश १ काे ‘काेशी’ नाम खारेज गरि पहिचानका आधारमा राख्नुपर्ने माग

माेरङ, १० चैत । ‘काेशी’ नाम खारेजी आन्दोलनका सहिद पदम सुक्वाबा लिम्बु ‘लाजेहाङ’ लाई पहिचानवादीहरूले स्मरण गरेका छन् । लाजेहाङकाे तेस्रो स्मृति दिवसको अवसरमा उनको सम्झना गरिएको हाे । मङ्गलबार बेलबारीमा प्रदेश नम्बरको एक पुनः...

किरात याक्थुङ चुम्लुङकाे १२औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा

दमक, १० चैत्र । याक्थुङ लिम्बु जातिको साझा संस्था किरात याक्थुङ् चुम्लुङको १२औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । मंगलबार झापाको चारआलीस्थित होटल नाङ्लोमा कियाचु संघीय समितिले पत्रकार सम्मेलन गर्दै झापाको भद्रपुर चन्द्रगढीमा...

चुम्लुङकाे १२औं राष्ट्रिय महाधिवेशन झापामा हुँदै

दमक, ४ चैत । किरात याक्थुङ चुम्लुङको १२औं राष्ट्रिय महाधिवेशन चैत १२, १३ र १४ गते तीन दिवसीय हुने भएको छ । झापाकाे भद्रपुर नगरपालिकास्थित चन्द्रगढीमा कियाचु झापाकाे व्यवस्थापन तथा भद्रपुर नगर शाखाको सह–व्यवस्थापनमा १२औं...