पापोहाङ् लाओती सयङकाे वंशावली विमोचन

 लिम्बुवान खबर
                       

दमक। झापाको दमकमा पापोहाङ् लाओती सयङ्ले प्रकाशन गरेको वंशावली आज विधिवत रुपमा विमोचन गर्दै सार्वजनिक गरेको छ ।
सयङका प्रमुख सल्लाहकार खड्ग सुन्दर लाओती, सल्लाहकारद्वय ज्ञानोदय लाओती र जीत बहादुर लाओतीको हस्तवाहुलीबाट वंशावली विमोचन गरिएको हो ।

पापोहाङ् लाओती सयङ् केन्द्रीय कार्य समितिले प्रकाशन गरेको ५ सय पृष्ठ भन्दा धेरै पेजको वंशावली लेखन उपसमितिको संयोजकमा धर्मजंग लाओती र सचिवमा विजय वोध लाओती रहेका छन् । भाषा सम्पादन वीर बहादुर लाओतीले गर्नुभएको उक्त वंशावलीको साजसज्जा डम्बर तुम्बापो बुद्धले गरेका छन् भने प्रकाशन दमक स्रष्टा छापाखानाले गरेको हाे ।

पुस्तकमा लाओती वंशको इतिहास, वंशक्रम र लाओती परिवारका लब्ध प्रतिष्ठित व्यक्तिहरुको परिचय लगायत विषयहरुलाई समेटिएको छ ।
उक्त कार्यक्रममा सयङका प्रमुख सल्लाहकार खड्गसुन्दर लाओती, सल्लाहकार द्वय ज्ञानोदय लाओती र जीत बहादुर लाओतीले लामो प्रतिक्षा पछि प्रकाशित वंशावलीले आगामी दिनमा लाओती बन्धुहरु बिचको साइनो सम्बन्ध छुट्याउनमा थप मद्दत पुग्ने चर्चा गरेका छन् ।

विमोचन कार्यक्रम सयङका अध्यक्ष जगतजंग लाओतीको सभाध्यक्षता, सयङका सह–अध्यक्ष प्रेमपुत्र लाओतीको स्वागत मन्तव्यका साथै महासचिव कान्छा लाओतीको संचालनमा कार्यक्रम सम्पन्न भएको छ ।

कोरोना भाइरसको कारण इलाम, झापा, मोरङ्, सुनसरी लगायतका जिल्लाहरुबाट सिमित लाओती बन्धुहरुमात्र विमोचन कार्यक्रममा उपस्थित भएको कार्यक्रम आयोजक तथा पत्रकार विजयवाेध लाओतीले बताए ।

 

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...