३० करोड बोकेर दुबई उड्न लागेकी युवती विमानस्थलमा पक्राउ

,   एजेन्सी
                       

एजेन्सी। ५ वटा सुटकेसमा ठूलो रकम नगद राखेर दुबई उड्न लागेकी एक युवती बेलायतको लण्डनस्थित हिथ्रो विमानस्थलमा पक्राउ परेकी छिन् ।

ती बेलायती युवतीले ५ वटा सुटकेसमा २ मिलियन ब्रिटिस पाउण्ड (३० करोड नेपाली रुपैयाँ) राखेर लण्डनको हिथ्रो विमानस्थलबाट दुबइ उड्ने प्रयास गरेकी थिइन् । २० वर्षकी तारा हान्लोनलाई हिथ्रोमा बोर्डर फोर्सका अधिकारीहरुले पक्राउ गरेको द सनकाे समाचारमा जनाइएकाे छ ।

सुरक्षाकर्मीले उनका लगेज भित्र ठूलो परिमाणमा नगद फेला पारेका छन् । यो यस वर्ष यसरी पक्राउ गरिएको सबेभन्दा ठूलो रकम हो । हान्लोनलाई मनी लण्ड्रिङको अभियोगमा मुद्दा चलाइएको छ । उनलाई अक्सब्रिज मजिस्ट्रेटको अगाडि उपस्थित गराएर अनुसन्धानको लागि म्याद थपिएको छ । अदालतले उनलाई नोभेम्बर ५ सम्मको लागि पुलिस हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । त्यसपछि उनलाई इस्लेवर्थ क्राउन कोर्टमा उपस्थित गराइनेछ ।

दोषी ठहर भएको अवस्थामा हान्लोनलाई १४ वर्षसम्मको जेल सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको समाचारमा जनाइएको छ । अध्यागमन नियमन र अदालती मामिला मन्त्री क्रिस फिलिपले भने ‘यो २०२० मा देशबाहिर जान लागिएको सबैभन्दा ठूलो रकम सीज गरिएको हो ।’

सम्बन्धित समाचार

नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोह असोज १८ गते खुलामञ्चमा हुने

काठमाडौँ, १३ असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह आगामी असोज १८ गते काठमाडौँको खुलामञ्चमा आयोजना हुने भएको छ। पार्टी केन्द्रीय कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै असोज १८ गते दिउँसो २:०० बजे महाधिवेशनको औपचारिक...

झापा बुद्धशान्ती-४ का २६ परिवारले पाए लालपुर्जा

झापा, १३ असोज / भूमि समस्या समाधान आयोग, जिल्ला समिति झापाले बुद्धशान्ति गाउँपालिका वडा नं. ४ स्थित शान्तिनगरका २६ जना अव्यवस्थित बसोबासीलाई औपचारिक रूपमा लालपुर्जा वितरण गरेको छ। सोमबार आयोजित एक कार्यक्रमका बीच भूमि समस्या...

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

;