स्वतन्त्र साकोसको प्रतिवेदन सार्वजनिक

,   लिम्बुवान खबर
                       

दमक। मजदुरहरुद्धारा सञ्चालित दमक ६ स्थित स्वतन्त्र बचत तथा ऋण सहकारी संस्थाले आफनो ९ औं बार्षिक साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गरेको छ ।

संस्थाको कार्यालयमा आज औपचारिक रुपमा कार्यक्रम गरि सञ्चालक समितिले निकालेको प्रतिवेदन सार्वजनिक गरेको हो ।प्रतिवेदन सहकारी अध्यक्ष इन्द्रकुमार राई,सचिव सुमन काफ्ले ,व्यवस्थापक मानबहादुर मगर लगायतका सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरुले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

यसवर्ष कोरोना भाइरसको संक्रमणका कारण आजदेखि शुरु भई असोज २९ सम्म कार्यालयमै स्वास्थ्य सावधानी अपनाएर औपचारिक रुपमा साधारणसभा सम्पन्न गरिने अध्यक्ष राईले जानकारी दिए । उनका अनुसार आजदेखि सदस्यहरुले कार्यालय समय भित्र आएर प्रतिवेदन बुझन तथा त्यस उपर राय,सुझाव असोज २८ सम्म बुझाउन सकिने व्यवस्था गरिएको छ ।

प्रतिवेदन सार्वजनिक गर्दे अध्यक्ष राईले शेयर सदस्यहरुलाई थप सुविधा दिन सहकारीले थप जिम्मेवारीका साथ लागिपरेको वताए । सहकारी संगै शेयर सदस्य मजवुत भएमात्र सहकारी सवल बन्ने उनले प्रष्टयाए ।

प्रतिवेदन माथि आएका उपयुक्त सुझावलाई प्रतिवेदनमा समेटेर असोज २९ गते साधारणसभा सम्पन्न गरिने उनले वताएका छन् । प्रतिवेदन सार्वजनिकरण कार्यक्रममा सञ्चालक सदस्यहरु दुर्गामाया राई,विमला कुमाल,भिमराज बेघा ,लेखा समिति सदस्यद्धय प्रकाश राजवंशी ,भरत राई लगायतको उपस्थिति रहेको थियो ।

संक्रमणका बाबजुद कारोवार वृद्धि

८३४ पुरुष,८११ महिला र ८ वटा संस्थागत गरि १६५३ शेयर सदस्य रहेको सहकारीको आर्थिक बर्ष २०७६ ,७७ मा १ करोड १५ लाख १३ हजार २४६ पुरयाँउन सफल भएको जनाईएको छ । शेयर पूंजीमा यो वृद्धिदर १६.३ प्रतिशत हो । यस्तै,निक्षेपतर्फ गएको वर्ष २१ करोड ४७ लाख ४५ हजार ९ सय ३५ रुपैया ,कर्जा तर्फ ५ करोड ३८ लाख २५ हजार७४ ,बाह्य ऋण ८६ लाख ९८ हजार ४ सय रहेको सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै सहकारीले यसवर्ष ३१ लख ३४ हजार ४सय ४० रुपैया मुनाफा गर्न सफल भएको छ । गतवर्षको तुलनामा ११ लाख २२ हजार ३६२ वृद्धि हो ।

त्यस्तै,संस्थाले अघिल्लो वर्षको तुलनामा ८.१२ प्रतिशतले कुल कारोवार गर्न सफल भएको उल्लेख छ । २०७५,०७६ मा ६ करोड ५६ लाख १ हजार ३६ रुपैया कुल कारोवार गरेको संस्थाले गएको वर्षमा भने ७ करोड ९ लाख २६ हजा ८४ रुपैया पुरयाँउन सफल भएको प्रतिवेदनमा जनाइएको छ ।

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;