‘आना सुका २’ गोविन्द र सुनिताको आवाजमा सार्वजनिक(भिडियो सहित)

,   आन्छुमे नसान
                       

माङसेबुङ । सुपरहिट गीत ‘आना सुका’को अपार सफलतापछि लोकप्रिय गायक गोविन्द चेम्जोङ लिम्बू र लोकप्रिय गायिका सुनिता थेगिमको सुमधुर आवाजमा सजिएको बहुप्रतिक्षित गीत ‘आना सुका २’ भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ ।

नायक आकाश श्रेष्ठ, एलिशा शर्मा, सागर शर्मा, मिना नेम्बाङ, अम्रित आङदेम्बे र मुसुम योङहाङको दमदार अभिनय रहेको ‘आना सुका २’ भिडियो ओएसआर डिजिटल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतकार तथा संगीतकार रामजन सुब्बाको शव्द तथा संगीतमा सजिएको गीतलाई चन्दु गोर्खालीले संगीत संयोजन गरेका हुन् ।

बिक्रम योङहाङ ‘मुहिम’को निर्देशन रहेको भिडियोमा ज्ञानु सुव्वा र दिलमाया लिम्बूको आकर्षक कोरियोग्राफी रहेको छ ।

भिडियोमा सुमन तामाङको छायाँकन रहेको छ भने बिनु सुहाङ योङहाङको पहिरन तथा कृष्ण सुवेदीको मेकअप रहेको छ ।

एकास्टिक स्टुडियोमा रेकर्डिङ गरिएको गीतको भिडियोमा इन्सटेन्ड येइल्डको सम्पादन गरेका हुन् । सुप्रिम पराजुलीको कलर ग्रेडिङ रहेको भिडियोे झापाको बिभिन्न ठाउँहरुमा छायाँकन गरिएको हो ।

भिडियो हेर्नुहोस

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;