जेलबाटै रेशम चौधरीको कविता : साथ छोडेर हिँडे साथी !

 लिम्बुवान न्युज
                       

कैलाली क्षेत्र नं १ बाट ४५ हजार मतका साथ प्रत्यक्ष निर्वाचित सांसद रेशम चौधरी अढाइ वर्षदेखि जेलमा छन् । देशमा संघीयता कार्यान्वयनको प्रयास भइरहँदा थारु अधिकारका लागि उनले टीकापुर क्षेत्रबाट नेतृत्व गरेका थिए । आन्दोलनकै क्रममा टीकापुर क्षेत्रमा राजनैतिक दुर्घटना हुन पुग्यो र उनी त्यही आरोपमै जेल सजाय भोगिरहेका छन् ।

पछिल्लो समयमा राज्य कोरोना भाइरसले आक्रान्त छ । उनी बसेको जेलका सुरक्षाकर्मीमा समेत कोरोनाले छोइसकेको छ । कोरोनाका कारण जेलमा भेटघाट पूर्णरुपमा बन्द छ । क्षमताभन्दा बढी कैदी राखिएको जेलमा उनले कसरी आफ्नो दिनचर्या बिताइरहेका छन् त्यो उनैलाई थाहा होला । हामी कल्पना मात्रै गर्नसक्छौं, झ्यालखानाको बुईंगलबाट रेशम आकाशतिर हेर्दा हुन् । पंक्षी उडेको देखेर उनलाई स्वतन्त्रताको यादले सताउँदो होला । परिवार सम्झेर परेली भिजाउँदा हुन् । सुत्न नसकेर हरेक रात कोल्टे फेर्दै बित्दो होला । आफ्ना जनता र क्षेत्रको विकासले पनि उनलाई पक्कै सुताउँदो होला

उनीमाथि लागेको मुद्दाको किनारा लगाउन उनको पार्टी जनता समाजवादी पार्टी (जसपा) र जिल्लाबाट सफाई पाएका साथीहरुले बेवास्ता गरिरहेका छन् । आफ्नो जीवनलाई अत्यन्तै सक्रिय बनाइराख्ने चौधरीले जेलमै करिब पाँचवटा पुस्तक लेखिसके । तर, आर्थिक अभावका कारण ‘बँधुवा कमैया ’ बाहेक अन्य पुस्तक प्रकाशन गर्न सकेका छैनन् । जेलमा बसेर घरभाडा र बच्चाबच्चीको शिक्षा शुल्कले निकै पिरोल्छ होला उनलाई ।
यस्तैमा रेशम चौधरीको कविता प्राप्त भएको छ । यो कविता किन र कसका लागि लेखे त्यो ठोकुवा गर्न सकिन्न । तर , यो कवितामा उनले पूर्णतया आफ्नै सहयात्रीसँग असन्तुष्टि र गुनासोको पोखेको बुझ्न सकिन्छ ।

यस्तो छ, रेशम चौधरीले लेखेको कविता :

साथ छोडेर हिँडे साथी !

भेलमै खोलो तर्दै थियौं हात छोडेर हिँडे साथी
भङ्गालोमा पुगेपछि साथ छोडेर हिँडे साथी

हातेमालो नछुटाउने हामी सबको वाचा थियो
बग्दै आको डाली भेट्टाइ झट्कारेर हिँडे साथी
बचाऊ बचाऊ गुहार गर्दै उनका सामु हात जोड्यौं
किनारामा पुगी उल्टो फड्कारेर हिँडे साथी
भेलमै खोलो तर्दै थियौं हात छोडेर हिँडे साथी
भङ्गालोमा पुगेपछि साथ छोडेर हिँडे साथी

जाने ठाउँ पुग्ने ठाउँ गन्तव्य हाम्रो एउटै थियो
लक्ष्य सबै बिर्सिएर एक्लै खोलो तरे साथी
बग्दै गर्दा लाग्दै थियो, मन मुटु हाम्रो एउटै होला
रहेनछन् दिलका पक्का हामीलाई घात गरे साथी
भेलमै खोलो तर्दै थियौं हात छोडेर हिँडे साथी
भङ्गालोमा पुगेपछि साथ छोडेर हिँडे साथी

बग्न अझै बग्दै नै छौं सास अझै छँदै नै छ
कसैगरि उद्धार गर्लान् विश्वास अझै छँदै नै छ
अझै उनले दुनियाँ सामू भन्छन् अरे तार्नै पर्छ
तर राजगुरुले सुझाउँछन् उनलाई
तिमी नेता बन्ने भए रेशमलाई त मार्नै पर्छ
भेलमै खोलो तर्दै थियौं हात छोडेर हिँडे साथी
भङ्गालोमा पुगेपछि साथ छोडेर हिँडे साथी । tharubhagara.com बाट ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;