इलामकाे चुलाचुलीमा आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन

 लिम्बुवान खबर
                       

चुलाचुली, २६ असोज । इलामको चुलाचुली गाउँपालिका – ५ मा आज आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ ।

केन्द्रको एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष प्रदिपचन्द्र राईले उद्घाटन गर्नुभएको हो । सोही ठाउँका स्व. आशा कुमारी राई र स्व. धनबहादुर राईको सम्झनामा  परिवारले उपलब्ध गराएको जग्गामा सो केन्द्र निर्माण गरिएको हो ।

परिवारले रु ३० लाख बराबरको दुई रोपनी जग्गा गाउँपालिकालाई उपलब्ध गराएको छोरा संजय राईले जानकारी दिनुभयो । सो जग्गा छोराहरु संजय राई र मिनकुमार राईले उपलब्ध गराउनुभएको थियो ।संघीय सरकारको रु ३० लाख शसर्त अनुदान र गाउँपालिकाको रु ५ लाख गरी ३५ लाखको बजेटमा केन्द्रको भवन निर्माण गरिएको हो ।

गाउँपालिकाले यसअघि वडा नं. १ मा पनि   केन्द संचालनमा ल्याईसकेको छ भने वडा नम्बर ४ मा पनि संचालनको तयारी भईरहेकाले गाउँपालिकाको सबै वडामा आधारभुत स्वास्थ्य सेवा उपलब्ध हुने स्वास्थ्य शाखा प्रमुख दुश्यन्त दाहालले जानकारी दिनुभयो । गाउँपालिकाले हाल वडा नम्बर ३ को स्वर्गिक मार्ग सामुदायिक भवनमा १५ शैँयाको कोभिड अस्पताल संचालनमा ल्याएको छ । उक्त अस्पतालमा हाल १ महिलासहित ५ जना उपचाररत रहेका छन् ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...