सोमबारदेखी उर्लाबारी नगरपालिकाको सबै सेवा बन्द

 लिम्बुवान खबर
                       

उर्लाबारी।  उर्लाबारी नगरपालिकाबाट प्रदान हुने सवै सेवा सोमबारदेखि केही दिनको लागि बन्द भएको छ  । कोभीड–१९ को संंक्रमण नगरपालिका नगर प्रमुख सहितका केही कर्मचारीहरुमा देखिएपछि संंम्पर्कमा रहेका जनप्रतिनिधीहरुको पनि स्वाब संकलन गर्ने कार्य शुरु गरीएकोले स्वाबको रिर्पोट नआएसम्मको लागि  नगरपालिका सहित सबै वडा कार्यालय बन्द गरिने नगरपालिकाद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।

चार दिन अघि नगर प्रमुख खड्ग फागोका सवारी चालक ईन्द्र आपागाईमा कोरोना संक्रमण भएपछि होम क्वारेनटाईनमा बसेका नगर प्रमुख फागो सहित नगरका स्वास्थ्य शाखाका सह–संयोजक सुरेश खड्कामा पनि कोरोना पुष्टि भएको थियो । नगरका जनप्रतिनिधी तथा कर्मचारीमा संक्रमण देखिएपछि संम्पर्कमा रहेका जनप्रतिनिधी सहित कर्मचारीहरुको समेत पिसीआरको लागि अाइतबार स्वाब संकलन गरिएको र सो को रिर्पोट नआएसम्मको लागि जनसंम्पर्कमा जान नहुने भएकोले सेवा बन्द गर्न आवश्यक भएको बताउदै नगर प्रमुख फागोले बढीमा तीन दिनसम्म बन्द हुन सक्ने बताएका छन् ।

उता नगरपालिकामा आज ९८ जना जनप्रतिनिधी तथा कर्मचारीहरुको पिसीआरको लागि स्वाब संकलन गरी परिक्षण गर्न प्रादेशिक प्रयोगशालामा पठाईएको स्वास्थ्य शाखाका सह–संयोजक रेनुकाप्रसाद काफलेले बताउनुभयो । नगरमा हालसम्म ३२ जना संंक्रमित बनेका र एक जनाको निधन भएको बताउदै सह-संयोजक काफलेले कन्ट्रयाक ट्रेसिङलाई अझ प्राथमिकताका साथ कार्य गर्ने बताउनुभएको छ ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...