सोमबारदेखी उर्लाबारी नगरपालिकाको सबै सेवा बन्द

 लिम्बुवान खबर
                       

उर्लाबारी।  उर्लाबारी नगरपालिकाबाट प्रदान हुने सवै सेवा सोमबारदेखि केही दिनको लागि बन्द भएको छ  । कोभीड–१९ को संंक्रमण नगरपालिका नगर प्रमुख सहितका केही कर्मचारीहरुमा देखिएपछि संंम्पर्कमा रहेका जनप्रतिनिधीहरुको पनि स्वाब संकलन गर्ने कार्य शुरु गरीएकोले स्वाबको रिर्पोट नआएसम्मको लागि  नगरपालिका सहित सबै वडा कार्यालय बन्द गरिने नगरपालिकाद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।

चार दिन अघि नगर प्रमुख खड्ग फागोका सवारी चालक ईन्द्र आपागाईमा कोरोना संक्रमण भएपछि होम क्वारेनटाईनमा बसेका नगर प्रमुख फागो सहित नगरका स्वास्थ्य शाखाका सह–संयोजक सुरेश खड्कामा पनि कोरोना पुष्टि भएको थियो । नगरका जनप्रतिनिधी तथा कर्मचारीमा संक्रमण देखिएपछि संम्पर्कमा रहेका जनप्रतिनिधी सहित कर्मचारीहरुको समेत पिसीआरको लागि अाइतबार स्वाब संकलन गरिएको र सो को रिर्पोट नआएसम्मको लागि जनसंम्पर्कमा जान नहुने भएकोले सेवा बन्द गर्न आवश्यक भएको बताउदै नगर प्रमुख फागोले बढीमा तीन दिनसम्म बन्द हुन सक्ने बताएका छन् ।

उता नगरपालिकामा आज ९८ जना जनप्रतिनिधी तथा कर्मचारीहरुको पिसीआरको लागि स्वाब संकलन गरी परिक्षण गर्न प्रादेशिक प्रयोगशालामा पठाईएको स्वास्थ्य शाखाका सह–संयोजक रेनुकाप्रसाद काफलेले बताउनुभयो । नगरमा हालसम्म ३२ जना संंक्रमित बनेका र एक जनाको निधन भएको बताउदै सह-संयोजक काफलेले कन्ट्रयाक ट्रेसिङलाई अझ प्राथमिकताका साथ कार्य गर्ने बताउनुभएको छ ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...

मुक्कुमलुङ संरक्षणको लागि आन्दोलन घोषणा

ललितपुर, २१ पुष । ताप्लेजुङस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्कुमलुङ संरक्षणका लागि पुनः आन्दोलन घोषणा गरिएको छ । विगत ६ बर्षदेखि आन्दोलनरत संघ संगठनहरुले पुनः संरक्षणको लागि आन्दोलन घोषणा गरेका हुन् । लामो समयदेखि...

रोटरी क्लब अफले चुम्याे ‘दमक फुटसल प्रतियोगिता २०८२’ को उपाधि 

झापाको दमकमा सम्पन्न मैत्रीपूर्ण फुटसल प्रतियोगिता २०८२ को उपाधि रोटरी क्लब अफ दमकले जितेको छ । पत्रकार मञ्च दमकको आयोजनामा पुष २१ गते आयोजित एक दिने प्रतियोगिताको फाइनल खेलमा कदम थिएटर दमकलाई ७–१ गोल अन्तरले हराउदै रोटरी च्याम्पियन बनेको हो । विजेता टिमले सेमिफाइनल खेलमा दमक नगर कर्मचारीलाई हराएको थियो भने कदमले आयोजक पत्रकार मञ्च दमक  (निलो) लाई हराउदै फाइनल प्रवेश गरेको थियो । यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकिपर रोटरीका विसु राई चुनिदा, उत्कृष्ट खेलाडीको उपाधि कदमका दिपेश मगरले हात पारे । त्यस्तै प्रतियोगिता भरी ५ गोल गरेका रोटरीका सावन अधिकारीले हाइ स्कोररको पुरस्कार प्राप्त गरे । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले नगद १० हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाए । विजेता खेलाडीहरुलाई मञ्चका अध्यक्ष कमन देवान, औपचारिक कार्यक्रमका प्रमुख अतिथि दमक ९ का वडा अध्यक्ष  कुबेर भट्टराई, अतिथिहरु इलाका प्रहरी कार्यलय दमकका प्रहरी निरीक्षक नवीन राई, विधा लक्ष्मी स्कुल दमक ४ का  प्रधानाध्यापक भूपाल काफ्ले, दमकका युवा व्यवसायी रवि बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए । पत्रकार मञ्च दमकको आयोजनामा भएको प्रतियोगितामा दमक नगरपालिका, उधोग वाणिज्य संघ दमक, रोटरी क्लब  अफ दमक, कदम थिएटर दमक, लायन्स क्लब अफ दमक, दमक जेसिस सहित राजनैतिक दलकाे सहभागिता रहेकाे थियाे ।  तस्वीरः सजन राई

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...