दिल्ली मुम्बईसँग पराजित

 एजेन्सी
                       

जितका लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १९.४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । मुम्बईलाई जितको लागि अन्तिम ६ बलमा ७ रन आवश्यक थियो । पहिलो बलमै कु्रनाल पान्ड्याले स्टोइनिसलाई चौका प्रहार गरे । दोस्रो र तेस्रो बलमा एक एक रन बटुल्दा चौथो बलमा क्रुनालले चौका प्रहार गर्दै जित पक्का गराए ।

मुम्बईले पहिलो विकेट पाँचौ ओभरको अन्तिम बलमा गुमाएको थियो । स्पिनर अक्षर पटेलको पाँचौ ओभरको अन्तिम बलमा ठूलो सट खेलेका रोहित ५ रनमा कागिसो रबाडाबाट क्याच आउट हुन पुगेका थिए । रविचन्द्रन आश्विनको दशौं ओभरको पाँचौं बलमा क्विन्टन डी कक पृथ्वी शाबाट ५३ रनमा क्याच आउट भए ।

डी ककले ३६ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । कागिसो रबाडाको १५ औं ओभरको अन्तिम बलमा सूर्यकुमार यादव श्रेयस ऐरबाट ५३ रनमा क्याच आउट हुन पुगे । यादवले ३२ बलमा ६ चौका र १ छक्का प्रहार गरे । मार्कस स्टोइनिसले १६ औं ओभरको दोस्रो बलमा हार्दिक पान्ड्यालाई विकेटकिपर एलेक्स केरीबाट शून्यमा क्याच आउट गरेपछि दिल्लीको झिनो आशा पलाएको थियो ।

रबाडाले १८ औं ओभरको तेस्रो बलमा इशान किशनलाई अक्षर पटेलबाट २८ रनमा क्याच आउट गराए । किशनले १५ बलमा २ चौका र २ छक्का प्रहार गरे । काइरन पोलार्ड ११ र क्रुनाल पान्ड्या १२ रनमा अविजित रहे । कागिसो रबाडाले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । मार्कस स्टोइनिस, अक्षर पटेल र रविचन्द्रन आश्विनले एक एक विकेट लिए ।

त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर ब्याटिङ रोजेको दिल्लीले २० ओभरमा ४ विकेटको क्षति १ सय ६२ रन बनाएको थियो । दिल्लीका ओपनर शिखर धवन ५२ बलमा ६ चौका र १ छक्का सहित ६९ रनमा अविजित रहेका थिए । दिल्लीले अन्तिम २४ बलमा बाउन्ड्रीको रुपमा दुई मात्र चौका प्रहार गरेको थियो । दिल्लीले अन्तिम २४ बलमा एक विकेट गुमाउँदा ३५ रन जोडेको थियो ।

दिल्लीले पहिलो ओभरको तेस्रो बलमै ओपनर पृथ्वी शालाई ४ रनमा गुमाएको थियो । तीव्र गतिका बलर ट्रेन्ट बोल्टको बलमा शा क्रुनाल पान्ड्याबाट क्याच आउट हुन पुगेका थिए । पाँचौं ओभरको दोस्रो बलमा क्रुनाल पान्ड्याले अजिंक्या रहाणेलाई १५ रनमा एलबिडब्लू आउट गरे । रहाणेले १५ बलमा ३ चौका प्रहार गरे ।

तेस्रो विकेटका लागि कप्तान श्रेयस ऐर र धवनले ८५ रनको साझेदारी गर्दै मुम्बईका बलरलाई दबाबमा राखेका थिए । क्रुनालको १५ औं ओभरको चौथो बलमा ठूलो सट खेलेका ऐर बोल्टबाट उत्कृष्ट क्याच आउट हुन पुगेपछि ४२ रनमा पेभिलिएन फर्के । ऐरले ३३ बलमा ५ चौका प्रहार गरे ।

१७ औं ओभरको तेस्रो बलमा मार्कस स्टोइनिसले धवनसँग तालमेल गर्न नसक्दा १३ रनमा रन आउट भए । राहुल चहरले रन आउट गर्नुअघि स्टोइनिसले ८ बलमा २ चौका प्रहार गरे । डेब्यु खेल खेलेका विकेटकिपर एलेक्स केरी ९ बलमा १४ रनमा अविजित रहे । क्रुनाल पान्ड्याले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । ट्रेन्ट बोल्टले ४ ओभरमा ३६ रन खर्चेर १ विकेट लिए । दिल्लीले अब बुधबार राजस्थान रोयल्ससँग खेल्ने छ । मुम्बईले शुक्रबार कोलकाता नाइट राइडर्ससँग खेल्ने छ ।

आइपिएलको अंक तालिका

यो जितसँगै मुम्बई ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । दिल्लीको पनि ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकनै भएपनि नेट रन रेटको आधारमा दोस्रो स्थानमा छ । कोलकाता ६ खेलमा ४ मा जित र २ मा हार सहित तेस्रो स्थानमा छ ।

बेंगलोर ६ खेलमा ४ मा जित र २ मा हार सहित नेट रन रेटको आधारमा चौथो स्थानमा छ । सनराइजर्स हैदराबाद ७ खेलमा ४ मा हार र ३ मा जित र हार सहित पाँचौ स्थानमा छ । राजस्थान ७ खेलमा ४ मा हार र ३ मा जित सहित छैटौं स्थानमा छ । चेन्नई सुपर किंग्स ७ खेलमा ५ मा हार र २ मा जित सहित छैटौं स्थानमा छ । किंग्स इलेभेन पन्जाब ७ खेलमा ६ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...