हिल्लीहाङमा लिम्बुवानको राजनैतिक प्रशिक्षण

 लिम्बुवान न्युज
                       

पाँचथर। पाँचथरको हिल्लीहाङ् गाउँपालिका चतुरे बजारमा संघीय लिम्बुवान मञ्च, नेपालले अगुवा नेता कार्यकर्ताहरुलाई एक दिने राजनैतिक प्रशिक्षण दिएको छ ।

हिल्लीहाङ् गाउँपालिकाका अगुवा नेताहरुलाई मञ्चको महासचिव संगम खनालले मञ्चको राजनैतिक दर्शनशास्त्र र सांगठानिक संरचनाको बारेमा प्रशिक्षण दिएका हुन् । प्रशिक्षामा उक्त गाउँपालिकाका ५० भन्दा धेरै अगुवा नेताहरुको उपस्थिति रहेको थियो ।

उक्त एक दिने राजनैतिक प्रशिक्षण कार्यक्रममा मञ्चका जिल्ला उपाध्यक्ष चन्द्रराज आङ्देम्बे, जिल्ला सदस्य कमल सिगु, युवा मञ्चका अध्यक्ष आधार घिमीरे, उपाध्यक्ष गगन जवेगु, एल.भी. कमाण्डर साम्योकहाङ सिगु, जिल्ला नेताहरु हाङ्सा लावती, वजिन लावती, पुष्पहाङ लोवा समेतको उपस्थिति रहेको थियो ।

कार्यक्रम हिल्लीहाङ् गाउँपालिका अध्यक्ष चन्द्रकुमार लिङ्देनको अध्यक्षतामा सम्पन्न भएको हो ।

संघीय लिम्बुवान मञ्च, नेपाल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको १०+१ प्रान्तीय मञ्च अन्तर्गतको एक घटक हो । मञ्चले अरुण पूर्वको नौ जिल्ला लिम्बुवान प्रान्त हुनुपर्छ भनेर  ढेड दशक अघि देखि निरन्तर राजनैतिक आन्दोलन गरिरहेको छ ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...