विश्वासिलो सहकारी संस्थाद्धारा बार्षिक प्रतिवेदन सार्वजनिक

,   लिम्बुवान न्युज
                       

विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाले बुधबार एक कार्यक्रमबीच नवौ बार्षिक साधारणसभाकमा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गरिएको छ ।

दमक–विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाले बुधबार एक कार्यक्रमबीच नवौ बार्षिक साधारणसभाकमा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गरिएको छ । दमक-६ पिपल चौकमा कार्यालय रहेको सहकारी संस्थाले नवौं बार्षिक साधारणसभाको पुर्वसन्ध्यामा आज प्रतिवेदन सार्वजनिक गरेको हो ।

संस्थाका अध्यक्ष अशिम राई, सचिव सुमन कुमार राई लगायत संस्थाको सञ्चालक समिति, सल्लाहकार, लेखा समिति, ऋण उपसमिति, कर्जा (ऋण) समिति लगायतले सो प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

नवौ बार्षिक साधारणमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत गरिने अध्यक्षको आर्थिक बर्ष २०७६।०७७ को प्रतिवेदन तथा आगामी आर्थिक वर्ष २०७७।०७८ को भावि लक्ष्य, योजना तथा कार्यक्रमसहितको प्रतिवेदन शेयर सदस्यहरुलाई वितरण गरिएको अध्यक्ष राईले बताउनुभयो ।

यस्तै, भोली बिहिबार संस्थाको कार्यालयमा नवौ बार्षिक साधारणसभा सम्बन्धी संक्षिप्त कार्यक्रम हुने संस्थाको सचिव राईले सुमन कुमार राईले जानकारी गराउनुभयो ।

नवौ बार्षिक साधारणसभामा बितरण गरिने प्रतिवेदनमा आर्थिक बर्ष २०७७।०७८ को बार्षिक बजेट तथा कार्यक्रम, अनुमानीत वासलात तथा आय, ब्यय बिवरण लगायत आर्थिक बर्ष २०७७।०७८ को लेखा तथा सुपरीवेक्षण समितिको आन्तरिक प्रतिवेदन प्रस्तुत गरिने भएको छ ।

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;