विश्वासिलो सहकारी संस्थाद्धारा बार्षिक प्रतिवेदन सार्वजनिक

 लिम्बुवान न्युज
                       

विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाले बुधबार एक कार्यक्रमबीच नवौ बार्षिक साधारणसभाकमा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गरिएको छ ।

दमक–विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाले बुधबार एक कार्यक्रमबीच नवौ बार्षिक साधारणसभाकमा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गरिएको छ । दमक-६ पिपल चौकमा कार्यालय रहेको सहकारी संस्थाले नवौं बार्षिक साधारणसभाको पुर्वसन्ध्यामा आज प्रतिवेदन सार्वजनिक गरेको हो ।

संस्थाका अध्यक्ष अशिम राई, सचिव सुमन कुमार राई लगायत संस्थाको सञ्चालक समिति, सल्लाहकार, लेखा समिति, ऋण उपसमिति, कर्जा (ऋण) समिति लगायतले सो प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

नवौ बार्षिक साधारणमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत गरिने अध्यक्षको आर्थिक बर्ष २०७६।०७७ को प्रतिवेदन तथा आगामी आर्थिक वर्ष २०७७।०७८ को भावि लक्ष्य, योजना तथा कार्यक्रमसहितको प्रतिवेदन शेयर सदस्यहरुलाई वितरण गरिएको अध्यक्ष राईले बताउनुभयो ।

यस्तै, भोली बिहिबार संस्थाको कार्यालयमा नवौ बार्षिक साधारणसभा सम्बन्धी संक्षिप्त कार्यक्रम हुने संस्थाको सचिव राईले सुमन कुमार राईले जानकारी गराउनुभयो ।

नवौ बार्षिक साधारणसभामा बितरण गरिने प्रतिवेदनमा आर्थिक बर्ष २०७७।०७८ को बार्षिक बजेट तथा कार्यक्रम, अनुमानीत वासलात तथा आय, ब्यय बिवरण लगायत आर्थिक बर्ष २०७७।०७८ को लेखा तथा सुपरीवेक्षण समितिको आन्तरिक प्रतिवेदन प्रस्तुत गरिने भएको छ ।

सम्बन्धित समाचार

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...