विश्वासिलोको नवौ बार्षिक साधारणसभा सम्पन्न

,   लिम्बुवान न्युज
                       

दमक । स्थानीय युवा व्यवसायीहरुको सक्रियतामा सञ्चालनमा आएको दमक ६ स्थित पिपल चौकमा रहेको विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाले बिहिबार नवौ बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

संस्थाको आफ्नै कार्यालयमा आयोजित साधारणसभा यसवर्ष कोरोना महामारीका कारण चरणवद्ध रुपमा गरिएको थियो । राष्ट्रिय सहकारी बैंक दमक शाखाका प्रवन्धक बिबेक डाँगीको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरि यसवर्षको साधारणसभा सम्पन्न गरिएको संस्थाले जनाएको छ ।

समापनमा अध्यक्ष राईले साधारणसभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदन र लेखा संयोजक खेमराज पौडेलको प्रस्तुत प्रतिवेदन सुझावसहित पारित गरिएको व्यवस्थापक छत्र केरुङले वताए ।

यसअघि ती दुवै प्रतिवेदन बुधबार कार्यालयमार्फत सदस्यहरुलाई वितरण गरिएको थियो । त्यस्तैं, संस्थाको सम्पन्न साधारणसभाले आगामी बर्षदेखि चैत १२ गतेलाई स्थापना दिवसको रुपमा मनाउने निर्णय गर्नुका साथै सदस्यहरुको आय आम्दानी र व्यवसाय प्रर्वद्धनका निम्ति सहुलियत व्याजदरमा कर्जा लगानी गर्ने, सामाजिक क्षेत्रमा रचनात्मक तथा सृजनात्मक कार्यहरु गरिने उल्लेख गरिएको छ ।

साधारणसभा समापन कार्यक्रममा संस्थाका उपाध्यक्ष सम्झना साँवा, सचिव सुमन कुमार राई, सञ्चालक समिति सदस्य नारायण प्रसाद खरेल, अनिमा तामाङ, निर्मला लावती, युवरावज दंगाल, लेखा समिति संयोजक खेमराज पौडेल,सदस्यद्धय कविता फागो लिम्बू र माया राई,सञ्चालक समिति, शेयर सदस्य, कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष असिम राईको अध्यक्षता तथा सचिव सुमन कुमार  राईकाे संचालनमा भएकाे थियाे ।

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;