द एभरेष्ट शाकोसको साधारणसभा सम्पन्न

,   लिम्बुवान न्युज
                       

दमक। दमक ६ मा मुख्य कार्यालय रहेको द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले नवौ बार्षिक साधारणसभा आज सम्पन्न गरेको छ संस्थाको कार्यालयमा एक कार्यक्रम गरि यसवर्षको साधारणसभा औपचारिक रुपमा सम्पन्न गरिएको व्यवस्थापक नवराज वाँस्तोलाले बताएका छन् ।

साधारणसभाको कार्यक्रम यसवर्ष विश्वभर फैलिएको कोरोना महामारीका कारण स्वास्थ्य सावधानी अपनाएर चरणवद्ध गरिएको उनले वताए । जसअनुसार दमकसहित कमलको केर्खा सेवा केन्द्र, कन्काइको सुरुङ्गा सेवा केन्द्र र विर्तामोड सेवा केन्द्रबाट सदस्यहरुलाई प्रतिवेदन वितरण गर्नुका साथै त्यहाँबाट राय, सुझाव संकलन गरिएको उनले जनाए ।

झापा जिल्लाभरि कार्यक्षेत्र रहेको सहकारीमा गतवर्षसम्म ६ हजार ६ सय शेयर सदस्य रहेका छन् । त्यस अवधिमा संस्थाको कुल शेयर पूंजी ५ करोड ९७ लाख ३४ हजार २ सय, निक्षेप ४० करोड ३५ लाख २७ हजार २ सय १९ र कर्जा लगानी ४४ करोड १५ लाख २९ हजार ६ सय ७९ रुपैयाँ रहेको व्यवस्थापक बाँस्तोलाले बताएका छन् । त्यसअवधिमा नै संस्थाले ५१ करोड ८० लाख ७६ हजार ६ सय १६ रुपैयाको कुल कारोवार गरेको थियो ।

साधारणसभा समापनका क्रममा अध्यक्ष दिपक खरेलले कोभिडका कारण यसवर्षको साधारणसभा चरणवद्ध रुपमा गरिएको वताउदै आगामी दिनमा जिल्लाको धुलावारी, वुद्धशान्तिको बुधबारे बजारमा पनि सेवा केन्द्र सञ्चालन गर्न तयारी भईरहेको जानकारी दिए । उक्त अवसरमा संस्थाका उपाध्यक्ष रोशनकुमार गौतम, सचिव ज्ञाननाथ पौडेल, कोषाध्यक्ष यामजी श्रेष्ठ, संस्थाका सञ्चालकहरु, कर्मचारी र न्यून शेयरसदस्यहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;