द एभरेष्ट शाकोसको साधारणसभा सम्पन्न

 लिम्बुवान न्युज
                       

दमक। दमक ६ मा मुख्य कार्यालय रहेको द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले नवौ बार्षिक साधारणसभा आज सम्पन्न गरेको छ संस्थाको कार्यालयमा एक कार्यक्रम गरि यसवर्षको साधारणसभा औपचारिक रुपमा सम्पन्न गरिएको व्यवस्थापक नवराज वाँस्तोलाले बताएका छन् ।

साधारणसभाको कार्यक्रम यसवर्ष विश्वभर फैलिएको कोरोना महामारीका कारण स्वास्थ्य सावधानी अपनाएर चरणवद्ध गरिएको उनले वताए । जसअनुसार दमकसहित कमलको केर्खा सेवा केन्द्र, कन्काइको सुरुङ्गा सेवा केन्द्र र विर्तामोड सेवा केन्द्रबाट सदस्यहरुलाई प्रतिवेदन वितरण गर्नुका साथै त्यहाँबाट राय, सुझाव संकलन गरिएको उनले जनाए ।

झापा जिल्लाभरि कार्यक्षेत्र रहेको सहकारीमा गतवर्षसम्म ६ हजार ६ सय शेयर सदस्य रहेका छन् । त्यस अवधिमा संस्थाको कुल शेयर पूंजी ५ करोड ९७ लाख ३४ हजार २ सय, निक्षेप ४० करोड ३५ लाख २७ हजार २ सय १९ र कर्जा लगानी ४४ करोड १५ लाख २९ हजार ६ सय ७९ रुपैयाँ रहेको व्यवस्थापक बाँस्तोलाले बताएका छन् । त्यसअवधिमा नै संस्थाले ५१ करोड ८० लाख ७६ हजार ६ सय १६ रुपैयाको कुल कारोवार गरेको थियो ।

साधारणसभा समापनका क्रममा अध्यक्ष दिपक खरेलले कोभिडका कारण यसवर्षको साधारणसभा चरणवद्ध रुपमा गरिएको वताउदै आगामी दिनमा जिल्लाको धुलावारी, वुद्धशान्तिको बुधबारे बजारमा पनि सेवा केन्द्र सञ्चालन गर्न तयारी भईरहेको जानकारी दिए । उक्त अवसरमा संस्थाका उपाध्यक्ष रोशनकुमार गौतम, सचिव ज्ञाननाथ पौडेल, कोषाध्यक्ष यामजी श्रेष्ठ, संस्थाका सञ्चालकहरु, कर्मचारी र न्यून शेयरसदस्यहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...