राष्ट्रिय बहुमुखी सहकारीको साधारणसभा शुभारम्भ

 लिम्बुवान न्युज
                       

दमक। दमक–८ स्थित दुइ दशक यात्रा पार गरिसकेकाे राष्ट्रिय बहुमुखी सहकारी संस्थाको २१ औं बार्षिक साधारणसभा आजबाट शुभारम्भ भएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउदै संस्थाले आउदो कार्तिक ४ गते समापन हुने गरि साधारणसभा शुरु गरेको हो ।
यसबर्ष कोरोना महामारीका कारण साधारण सभा अन्तर्गत सदस्यहरुलाई प्रतिवेदन वितरण र राय सुझावहरु यहि कर्तिक १ गतेसम्म बुझाई सक्ने गरि साधारणसभा शुरु गरिएको सचिव लछुदास राईले वताएका छन् ।

संस्थाको आफनै सभाकक्षमा आज औपचारिक रुपमा एक कार्यक्रम गरि साधारणसभाको अध्यक्ष जितमान राईले उद्घाटन गरे । त्यस्तै उनले सञ्चालक समितिले साधारणसभाका लागि प्रस्तुत गरिने बार्षिक प्रतिवेदन पुस्तिका समेत सार्वजनिक गर्नुका साथै केक समेत काटेका थिए ।
साधारणसभाको उद्घाटनका क्रममा अध्यक्ष राईले सहकारीले आफना शेयर सदस्यहरुलाई अझ बढी सेवा, सुविधा पुरयाँउन प्रयत्नशील भएको जोड दिए ।


सभामा सहकारीका उपाध्यक्ष धनराज राई, कोषाध्यक्ष चन्द्रमाया लिम्बु, सदस्यहरु दिपेनवाला राई, फूलसरी राना, पदमबहादुर तामाङ, टंक दुलाल, राजेन्द्र लिम्बुसहित ऋण उपसमितिका संयोजक पारषमणि राई, व्यवस्थापक कृष्ण गोले लगायतका सञ्चालक सदस्यहरू, विभिन्न उपसमिति, कर्मचारी तथा शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।


संस्थामा गएको वर्षसम्म २६ संस्थागत, ३९६ महिला र ५२१ पुरुष गरि कुल ९४३ जना शेयर सदस्य रहेको छ भने शेयर पूंजी ५ करोड ७ लाख २४ हजार ५५ रुपैया पुगेको छ । त्यस्तै कर्जा लगानी २३ करोड ३४ लाख ४४ हजार १ सय ९८ रूपैयाँ भएकाे छ भने याे वर्ष ५९ लाख ६ हजार ४२२ रुपैया मुनाफा गरिएको प्रतिवेदनमा उल्लेख छ ।

यसैवीच, सहकारीले आफनो बार्षिक साधारण सभा तथा स्थापना दिवसको अवसर पारेर बुधबार आयोजना गरिएको रक्तदानमा ५२ पिन्ट रगत संकलन भएको थियो । रक्तदानमा १४ महिलासहित ५२ जनाले रगतदान गर्नुका साथै रेडक्रस दमक उपशाखा दमक र रेडक्रस लखनपुर उपशाखाद्वारा सञ्चालित एम्बुलेन्सका चालकलाई १ र १ सेट पिपिई समेत हस्तान्तरण गरिएको थियो ।

सम्बन्धित समाचार

हल्दीबारीमा संयुक्त पहिचानवादी मोर्चा गठनः संयोजकमा सन्त थाम्सुहाङ्

दमक, झापा । संयुक्त पहिचानवादी मोर्चा झापा जिल्ला हल्दीवारी गाउँपालिका समिति विस्तार भएको छ । सोमबार हल्दीबारीमा आयोजित एक कार्यक्रमले सन्त थाम्सुहाङको संयोजकत्वमा समिति विस्तार गरिएको हो । समितिमा सहसंयोजक चन्द्र मगर, सदस्यसचिवमा मनकुमार लिङखिम...

मुक्कुमलुङ संरक्षणका लागि दुईदिन वृक्षारोपण गरिने

दमक, २९ जेठ । लिम्बु जातीहरुको आस्थाको धरोहर मुक्कुमलुङ संरक्षणका लागि वृक्षारोपण श्रृंखला २ कार्यक्रम गरिने भएको छ । मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिको संयुक्त आयोजनामा जेठ ३१ र असार...

डाक्टर सुजनालाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गरिने

उर्लाबारी, २७ जेठ/ धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिले हरेक वर्ष प्रदान गर्दै आएकाे धिमाल युवा प्रतिभा पुरस्कार डा. सुजना धिमाललाई प्रदान गरिने भएकाे छ । धिमाल युवा प्रतिभा पुरस्कार छनाैट समितिकाे धिमाल परियाेजना स्थल,...

मुक्कुमलुङ बचाउ आन्दोलनमा घाइते याम लिम्बूलाई नेतृत्वले भेटे

तेह्रथुम/ मुक्कुमलुङ बचाउ आन्दोलनमा २०८१ माघ १२ गते बलुडाँडामा भएको झडपमा परि सशस्त्रको गोलि बाट घाइते भएका याम बहादुर सुक्वाबा लिम्बूलाई तेह्रथुम स्थित मुक्कुम्लुङ संरक्षण सहयोग समितिका नेतृत्वहरुले सामुहिक भेट गरेका छन । आज याम...