कम्युनिस्ट सरकारका बाचा सबै काँचा

 भानु भट्टराई
                       

नेपाली जनताको सदियौं वर्ष अगाडि देखिको राजनैतिक सपनाले छलाङ मारेको छ। नेपाली जनताले २००७ साल देखि अर्पेको राजनैतिक परिवर्तनले औंसीको रातको जुनकिरीको आभास दिलाएको छ। केही समय विश्राम लिएको राजनैतिक चक्रले फेरि गति लिने छनक देखाएको छ। पटक पटकको राजनैतिक क्रान्तिले व्यवस्थामा त ठूलै परिवर्तन दिलायो तर जनताको जीवन जिउने अवस्थामा कुनै ठोस उपलब्धि हासिल गराउन सकेन। नेपाली राजनैतिक व्यवस्थामा परिवर्तन भयो तर जनताको जीवन अवस्थामा कुनै परिवर्तन भएन् ।

नेपाली राजनैतिक चक्रको घुमाइले जनतालाई रणभुल्लमा पारी रह्यो।नेपाली जनतामा आएको राजनैतिक चेतनाले १०४ वर्षको राणा शासन र ,निरङ्कुश पञ्चायती व्यवस्था सहितको हुकुमी राजतन्त्रको पतन गराई गणतान्त्रिक व्यवस्थाको स्थापना त गरायो तर सम्मुनत राष्ट्रको मार्ग चित्र कोर्न सकेको छैन्।समय, परिस्थिति र घटनाक्रमले धेरै नेताको उदय त गरायो तर राजनेताको उदय हुन सकेको छैन्। २०४६ साल फागुन ७ गते को जनआन्दोलनको घोषणाले निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य गरी दलीय व्यवस्थाको उदय गरायो।राजा,कांग्रेस र संयुक्त वाममोर्चाको सहभागितामा कृष्ण प्रसाद भट्टराईको नेतृत्वमा अन्तरिम मन्त्रिमण्डल गठन भयो।

                       भानु भट्टराई

कृष्ण प्रसाद भट्टराई प्रधानमन्त्री भए र भट्टराईकै नेतृत्वमा नेपालको प्रजातान्त्रिक संविधान २०४७ जारी भयो।प्रजातान्त्रिक संविधान २०४७ अनुसार नेपालमा पुन संसदीय निर्वाचन सम्पन्न भयो । निर्वाचनले नेपाली कांग्रेसलाई सरकार बनाउने प्रस्ट बहुमत दिलायो।कांग्रेसको नेतृत्वमा सरकार गठन भयो र कम्युनिस्ट लामो समयसम्म प्रतिपक्षमा बसि रह्यो। प्रतिपक्षमा बसेर सरकारको विरोध मात्र गर्न खप्पिस नेपाली कम्युनिस्ट पार्टीलाई अन्ततोगत्वा समय,परिस्थिति र घटनाक्रमले नेपालको शासनको बागडोरमा पुर्याएको छ। गणतान्त्रिक नेपालको संविधान अनुसार सम्पन्न आम निर्वाचन २०७४ मा नेपाल कम्युनिस्ट पार्टीलाई प्रस्ट बहुमत प्राप्त भएको छ।

निर्वाचन अगाडि नेकपाले नेपाली जनता सामु प्रस्तुत गरेको आफनो प्रतिबद्धता पत्र ( घोषणा पत्र ) मा नेपाली जनता सामु धेरै सपना बाँडेर जनविश्वास जित्न सफल भएको थियो।आफूलाई जहिले पनि किसान,मजदुर,गरीब र सर्वहाराको प्रतिनिधिको रुपमा प्रस्तुत गर्ने नेकपाको सरकार गठन भएको तीन वर्ष पूरा भएको छ। नेपालको संघीय संरचनामा गाउँ,नगर,प्रदेश र संघ (केन्द्र )सबै तहमा नेपाल कम्युनिस्ट पार्टीको अग्रणी भूमिका र नेतृत्व रहेको छ।

तीनवटै तहमा नेकपाको सरकार छ।सरकारको नेतृत्व केपी ओलीले गरेका छन्। केपी शर्मा ओली मुलुकको शक्तिशाली प्रधानमन्त्री बनेका छन्।वर्तमान सरकारलाई विकास गर्न,सुशासन कायम गर्न र आफ्नो चुनावी प्रतिबद्धता पूरा गर्न केहीले छेक्ने छैन।कम्युनिस्ट पार्टीको सरकार गठन हुँदा ठूलो उपलब्धि हासिल हुन्छ र जनताले राहत पाउँछन् भनी सर्वसाधारणलाई विश्वास दिलाएकोमा जनतालाई अहिले भने हात्ती आयो हात्ती आयो फुस्स भने झै भएको छ।

देस विकासको मेरुदण्ड नै कृषि भएको कृषि प्रधान देशमा नेकपा ले आफ्नो सरकार गठन भएमा एक वर्ष भित्रैमा देशमा रासायनिक मलको उद्योग स्थापना गरेर कृषकलाई राहत दिने प्रतिबद्धता जाहेर गरेको थियो । रासायनिक मलको सहजता, सरलता र सुद्वताले कृषि उत्पादनमा वृद्धि गरी राष्ट्रिय उत्पादकत्वमा वृद्धि गर्ने उल्लेख गरिएको उल्लेख छ। राष्ट्रिय जनसंख्याको ९० प्रतिशत जनता कृषि पेसामा निर्भर भएको देशमा कृषकलाई रासायनिक मल आवश्यक पर्ने समयमा मलनै नदिएर सरकारले आफ्नो असली चरित्र छर्लङ्ग देखाएको छ।

किसानलाई मल आवश्यक पर्ने समयमा मल नदिने र विजन आवश्यक परेको समयमा विजन नै नदिएर सर्वहारा किसानको पसिनामा सरकारले खेलबाड गरेको छ।चुनावको समयमा मीठा मीठा भाषण गरेर गरीब र सर्वहारालाई झुक्याएर सत्तामा आसिन नेकपा सरकार सर्वहारा वर्गको आँखामा विजाएको छ। सत्ता बाहिर हुँदा केके न गर्छु भनेर आकाशको तारानै धर्तीमा खसाल्ने सम्मको प्रतिज्ञा र बाचा गर्ने कम्युनिस्ट सरकारका बाचा सबै काँचा साबित भएको छ।

(लेखक- संघीय लाेकतान्त्रिक राष्टिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालका उप-महासचिव हुन् ।)

सम्बन्धित समाचार

केवलकार निर्माण खोरेजीको माग गर्दै जिल्ला प्रशासन ताप्लेजुङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

ललितपुर । ताप्लेजुङको मुक्कुमलुङ निर्माणाधिन केवलकार निर्माण परियोजना खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा ज्ञापनपत्र बुझाइएको छ । मुक्कुमलुङ ताङसेप चुम्भोको अगुवाईमा परियोजना खारेजको माग गर्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो ।...

कियाचु दक्षिण कोरियाले २५औँ वार्षिकोत्सवमा “वसाङलुङ” विमोचन गर्दै ।

ललितपुर । दक्षिण कोरियामा क्रियाशील संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समापन समारोह भव्य तथा विशेष रूपमा आयोजना गर्ने भएको छ । संस्थाका अनुसार उक्त महत्वपूर्ण कार्यक्रम आगामी १०...

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...