दमकको कञ्चनजंघाले ल्यायो सेवामुखी कार्यक्रम

 लिम्बुवान न्युज
                       

दमक/ झापा दमक-८ मा मुख्य कार्यालय रहेकोे कञ्चनजंघा बहुउद्धेश्यीय सहकारी संस्थाले यस अघि शुरु गरेको २० औं बार्षिक साधारण सभामा सेवामुखी कार्यक्रम  ल्याएकाे छ ।

साधारण सभामा सदस्यहरुको गणपुरक संख्याको उपस्थिती पूरा भएपछि औपचारिक कार्यक्रम गरी साधारण सभा समपन्न गरिएको व्यवस्थापक निलकण्ठ निरौलाले जानकारी दिएका छन् । संस्थाका अध्यक्ष मणिकुमार भण्डारीले साधारण सभाको समापनका अवसरमा संस्थाको बार्षिक प्रतिवेदन करिब एक हजार सदस्यहरुले बुझेका र केही सदस्यहरुले सुझाव समेत राखेको बताए । उनले सदस्यहरुबाट आएको सुझावलाई सञ्चालक समितिले सकारात्मक रुपमा लिएरकाे बताए ।

संस्थाले कोरोना संक्रमणका कारणा गत आर्थिक बर्ष २०७६/०७७ मा ५० करोड हारहारीमा कारोबार गरेको प्रतिवेदनमा जनाइएको छ । संस्थाले दुर्घटना बीमा, सुत्केरीलाई पोषण, मृतक सदस्यहरुलाई राहत, जटिल रोगको उपचारमा राहत जस्ता विभिन्न किसिमका शेयर सदस्यहरूकाे निम्ती सेवामुखी कार्यक्रमहरु ल्याएको अध्यक्ष भण्डारीले बताए ।

कोरोनाका कारण उत्पन्न उपरिस्थिति अनुसार संस्थाले साधारण सभाको प्रकृया पुरा गरेको संस्थाका सञ्चालक समिति सदस्य भरत चौंलागाईले बताए । सो संस्थाका कूल करिब १ हजार ४ सय सदस्य मध्ये १ हजार हाराहारीमा सदस्यहरु साधारण सभामा सहभागी भएकाे जानकारी गराइएको थियो । सो अवसरमा संस्थाका लेखा सुपरिवेक्षण समिति सदस्य हरिप्रसाद न्यौपानेले लेखा समितिका तर्फबाट प्रस्तुत गरिने प्रतिवेदनको सार संक्षेप प्रस्तुत गरेका थिए भने व्यवस्थापक निरौलाले लेखा परिक्षणको प्रतिवेदनको सार संक्षेप प्रस्तुत गरेका थिए ।

सम्बन्धित समाचार

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...