दमकको कञ्चनजंघाले ल्यायो सेवामुखी कार्यक्रम

,   लिम्बुवान न्युज
                       

दमक/ झापा दमक-८ मा मुख्य कार्यालय रहेकोे कञ्चनजंघा बहुउद्धेश्यीय सहकारी संस्थाले यस अघि शुरु गरेको २० औं बार्षिक साधारण सभामा सेवामुखी कार्यक्रम  ल्याएकाे छ ।

साधारण सभामा सदस्यहरुको गणपुरक संख्याको उपस्थिती पूरा भएपछि औपचारिक कार्यक्रम गरी साधारण सभा समपन्न गरिएको व्यवस्थापक निलकण्ठ निरौलाले जानकारी दिएका छन् । संस्थाका अध्यक्ष मणिकुमार भण्डारीले साधारण सभाको समापनका अवसरमा संस्थाको बार्षिक प्रतिवेदन करिब एक हजार सदस्यहरुले बुझेका र केही सदस्यहरुले सुझाव समेत राखेको बताए । उनले सदस्यहरुबाट आएको सुझावलाई सञ्चालक समितिले सकारात्मक रुपमा लिएरकाे बताए ।

संस्थाले कोरोना संक्रमणका कारणा गत आर्थिक बर्ष २०७६/०७७ मा ५० करोड हारहारीमा कारोबार गरेको प्रतिवेदनमा जनाइएको छ । संस्थाले दुर्घटना बीमा, सुत्केरीलाई पोषण, मृतक सदस्यहरुलाई राहत, जटिल रोगको उपचारमा राहत जस्ता विभिन्न किसिमका शेयर सदस्यहरूकाे निम्ती सेवामुखी कार्यक्रमहरु ल्याएको अध्यक्ष भण्डारीले बताए ।

कोरोनाका कारण उत्पन्न उपरिस्थिति अनुसार संस्थाले साधारण सभाको प्रकृया पुरा गरेको संस्थाका सञ्चालक समिति सदस्य भरत चौंलागाईले बताए । सो संस्थाका कूल करिब १ हजार ४ सय सदस्य मध्ये १ हजार हाराहारीमा सदस्यहरु साधारण सभामा सहभागी भएकाे जानकारी गराइएको थियो । सो अवसरमा संस्थाका लेखा सुपरिवेक्षण समिति सदस्य हरिप्रसाद न्यौपानेले लेखा समितिका तर्फबाट प्रस्तुत गरिने प्रतिवेदनको सार संक्षेप प्रस्तुत गरेका थिए भने व्यवस्थापक निरौलाले लेखा परिक्षणको प्रतिवेदनको सार संक्षेप प्रस्तुत गरेका थिए ।

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;