यतिवेला हराएको मान्छे म !

 लिम्बुवान न्युज
                       

(कविता)

यतिवेला
म, मेरो राष्ट्र भित्रको कैदी बन्दी भएर
हराएको मान्छे,
थाहा छ, कानून मिच्नु हुन्न
कानून भन्दा म ठूलो पनि त होइन
खैर, म भित्रको अचम्मको त्राहिमाम छ
उकुसमुकुस छ,
माथि फक्ताङ्लुङ्मा भए हुन्थ्यो
तल केचनकवलमा भए हुन्थ्यो
यहि बेला सगरमाथाको टिप्पोबाट देशलाई
नियाल्न पाए हुन्थ्यो
हो, यतिवेला हराएको मान्छे म

हो नि !
पृथ्वीका मानवहरु तछाडमछाड गरि
वाच्न र बाचौं भन्दै वरपर कुदी राख्याछन्
एक छाक गर्जो टार्न सक्नेहरु
आफैभित्र पिडाले छट्पटिरहेका छन्
घरभित्रको कैदी जिवन विताईरहेका छन्
बरै यो कस्तो दिन,
कहिल्यै देख्न नपरोस् भनी
भगवानको नाम जप्दै होलान्

कोही पुर्पुरोमा हात राखेर भविष्यको कल्पना गर्दैछन्
कठै म र मेरो भविष्य अनि चिन्ताका थुप्रै चाङहरुमा
जिन्दगीहरु खोज्दै, विलासिन्दै
पृथ्वीभित्रका मानव वस्ती यतिवेला रुदैछ, छट्पटाईरहेछ
अब के हुने, भोलि के हुने रु
भोक प्यासलाई थाती राखेर भविष्य सोच्दैछन्
विचरा मानवहरु अदृश्य शत्रुसँग लड्दैछन्
तछाडमछाड गर्दै आफू भित्रको जिन्दगीलाई प्रश्न गर्दैछन्
हो, यतिवेला हराएको मान्छे म ।

कस्तो दुनियाँ
तिमीसँग लड्ने क्षमतामा पनि
प्रश्न चिन्ह भएर उभिन्नु परेको पीडा छ ।
ऊ बेलाका सपनाहरु यो बेलामा
कतै छट्पटिएका आत्मा भित्रका
अन्तरङ्गहरुमा स्वप्निल बनेर हराएको मान्छे म ।
हो, यतिवेला हराएको मान्छे म ।

dilkumar.lawati@gmail.com

 

सम्बन्धित समाचार

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...

विजयपुर दरबार परिसरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न

धरान, २ साउन । सुनसरीको धरानस्थित लिम्बुवानको ऐतिहासिक राजधानी विजयपुरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार विजयपुर दरबार परिसर संरक्षण संघर्ष समितिको आयोजनामा बृहत सरसफाई कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा काङसाेरे फाेर्सकाे...

केर्खा बजारमा सिरिजङ्गा सिं थेवेकाे शालिक अनावरण

बसन्तराज सुब्बा कमल, झापा । कमल गाउँपालिका वडा नं. ३ स्थित केर्खा बजारमा स्थापना गरिएको याक्थुङ्/लिम्बू भाषा, लिपि, साहित्य, संस्कृतिका पुन:उत्थानकर्ता त्येअङ्सी सिरिजङ्गा सिं थेवेको शनिवार अनावरण गरिएको छ । किरात याक्थुङ् चुम्लुङ वडा कार्य...

चुलाचुली रङ्गमञ्चद्वारा ‘झाेडा’ नाटक कृति विमाेचन र वृत्तचित्र प्रदर्शन

चुलाचुली/ चुलाचुली रङ्गमञ्च इलामको आयोजनामा वृत्तचित्र प्रदर्शन तथा कृति विमोचन कार्यक्रम सम्पन्न भएको छ। चुलाचुली गाउँपालिकाको सभाहलमा आयोजित एक विशेष समारोहका बीच ‘झोडा लाखभूमीको कथा’ नामक नाटक कृति विमोचन गरिएको हो। उक्त कृतिलाई कार्यक्रमका प्रमुख...