सरकारविरुद्ध दशैं लगत्तै आन्दोलन गर्छौँ : सभापति देउवा

 लिम्बुवान न्युज
                       

काठमाडौं । कोभिड १९ रोकथाम तथा नियत्रणका लागि सरकार गम्भीर नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आन्दोलन गर्ने जनाएकाे छ  ।

काँग्रेस सभापति शेरबहादुर देउवाले सरकार काेराेना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गम्भीर नभएको हुँदा दसैं लगत्तै विरोधका कार्यक्रम घोषणा गरी आन्दोलन गर्ने बताएका छन् ।

काँग्रेसले गठन गरेको काेराेना भाइरस (कोभिड-१९) सम्बन्धी अनुगमन समितिले तयार पारेको प्रतिवेदन बुझ्दै सभापति देउवाले दसैं लगत्तै संसदभित्र र बाहिर देशैभर सशक्त विरोध कार्यक्रम गर्ने बताए ।

काेराेना भाइरस संक्रमणबाट जनताको जीवन बचाउन सरकार जिम्मेवार नबन्दा संक्रमण महामारीको रुपमा फैलिएको उनले बताए । सरकार संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काम गर्नभन्दा पनि भ्रष्टाचार गर्नमा तल्लिन रहेको पनि सभापति देउवाको आरोप छ ।

सभापति देउवाले औषधिको व्यवस्था, क्वारेन्टाइन, आइसोलेसन, अक्सिजन, भेन्टिलेटर लगायतको व्यवस्था गरी उपचार गर्नु सरकारको कर्तव्य भएको तर कुनैपनि काम जिम्मेवारीपूर्वक नगरेको बताए ।

नेपाली काँग्रेसका सह-महामन्त्री एवं कोभिड १९ अनुगमन समितिका संयोजक प्रकाशसरण महतले सरकार नागरिकको स्वास्थ्य, सुरक्षा र दैनिक जिवनमा परेको आर्थिक सामाजिक कठिनाइप्रति संवेदनशिल नभएको बताएका छन् ।

महतले सरकारलाई जिम्मेवार बनेर काम गर्न अाग्रह गर्दै  कोभिड १९ का कारण नागरिक समस्यामा परेको हुँदा उद्दार र राहतको सुमचित व्यवस्था गर्न र देशको अर्थतन्त्रलाई बचाउन समेत माग गरेका छन् ।

कांग्रेसद्धारा गठित अनुगमन समितिले विभिन्न क्षेत्रका व्यक्ति, स्वास्थ्य विज्ञ र कोभिड-१९ रोकथाम तथा नियन्त्रणमा खटिएका व्यक्तिहरुसँग समन्वय गरी अनुगमन गरेको थियो । अनुगमन समितिले कोभिड १९ संक्रमण समुदाय स्तरमा फैलिदा समेत सरकार गम्भिर नभएकाे निष्कर्ष निकालेकाे छ ।

सम्बन्धित समाचार

बाँकी जिन्दगी पहिचान प्राप्तिको लागि समर्पित गर्नेछुः सरक्षक रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले मेरो गर्जाईबाट माइक्रोफोन बन्द हुन्छ भने तपाईं हामी सबै पहिचानबादीहरुको हुंकारबाट सिंहदरबार र नस्लबादीहरुलाई हल्लाउन बेर नलाग्ने बताएका छन् । परासीमा भएको स्वागत कार्यक्रममा बोल्दै पार्टीका संरक्षक...

अब कोही नेपाली नागरिक भूमिहीन भएर बस्नु पर्दैन – मन्त्री श्रेष्ठ

दमक, २४ जेष्ठ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठले अब कोही पनि नेपाली नागरिक भूमि अधिकारबाट वञ्चित हुनु नपर्ने बताएकी छिन् । आज (बुधबार) इलाम र झापाका ५४ परिवार भूमिहीन सुकुम्वासीहरुलाई...

लिम्बु संस्कृतिमा बनेको चलचित्र ‘लुङा’को फर्स्ट लुक सार्वजनिक

दमक। लिम्बू संस्कृतिमा बनेको चलचित्र ‘लुङा’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । उक्त चलचित्र साउन ५ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । सार्वजनिक फर्स्टलुकमा चलचित्रका मुख्य पात्रलाई स्थान दिइएको छ । बुद्धि तामाङ,...

पहिचान माग्दा थारुलाई जातीय आरोप लगाई जेल हालियोः रेशम चौधरी

काठमाडौं, २१ जेष्ठ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले थारुहरुले आफ्नो परिचान माग्दा जातियवादको आरोप लाग्ने गरेको बताएका छन् । आइतवार तुलसीपुरमा नागरिक अभिनन्दन कार्यक्रमलाई सम्वोधन गर्दै उनले आफुहरु जातीयवादी नभएको प्रष्ट पार्दै केही...