माङसेबुङ । पछिल्लो समय क्यामरा समाउदा समाउदै क्यामरा संगै निर्देशनमा समेत छाईरहेका छायाँकार तथा निर्देशक भुपेन्द्र तुम्वाहाङफेको निर्देशनमा गायिका सुमिता राईको सुमधुर आवाजमा सजिएको मनछुने गीत ‘बाचा बन्धन’ युट्यूवबाट सार्वजनिक गरिएको छ ।
गीतकार मुकेश राईको शव्द सृजनामा संगीतकार मान थुलुङ राईको संगीत रहेको भिडियो गायिका सुमिता राईको अफिसियल युट्यूवच्यानलबाट सार्वजनिक गरिएको हो ।
विश्व लिम्बू, मलाइका बस्नेत र सुजता थुलुङ राईको जिवन्त अभिनय रहेको भिडियोको छायाँकन भुपेन्द्र तुम्बाहाङफेले गरेका हुन् ।
थैली इन्टरटेन्टमेन्टको प्रस्तुतिमा विमला तामाङको मेकअप, टप सप काठमाडौंको पहिरनमा तयार गरिएको भिडियोमा अनिल रानाले सम्पादन गरेका छन् ।
एल्वम ‘सगुन’मा समावेस गरिएको हरि लम्सालको संगीत संयोजन रहेको गीतलाई एकाष्टिक स्टुडियोमा अजय सिंह कार्कीले रेकर्डिङ गरेका हुन् ।
साथ रहुन्जेल शंकालु नजरले हेरेको प्रेमीको दिर्घ रोगका कारण मृत्यू भए पश्चात पुराना यादहरुमा छटपटिएका प्रेमिकाको पिडाहरु आकर्षक ढंगले प्रस्तुत गरिएको भिडियोलाई खरुन राईले प्रस्तुत गरेका हुन् ।
दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...
दमक, २१ असोज । प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...
धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...
काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...