माङसेबुङ । पछिल्लो समय क्यामरा समाउदा समाउदै क्यामरा संगै निर्देशनमा समेत छाईरहेका छायाँकार तथा निर्देशक भुपेन्द्र तुम्वाहाङफेको निर्देशनमा गायिका सुमिता राईको सुमधुर आवाजमा सजिएको मनछुने गीत ‘बाचा बन्धन’ युट्यूवबाट सार्वजनिक गरिएको छ ।
गीतकार मुकेश राईको शव्द सृजनामा संगीतकार मान थुलुङ राईको संगीत रहेको भिडियो गायिका सुमिता राईको अफिसियल युट्यूवच्यानलबाट सार्वजनिक गरिएको हो ।
विश्व लिम्बू, मलाइका बस्नेत र सुजता थुलुङ राईको जिवन्त अभिनय रहेको भिडियोको छायाँकन भुपेन्द्र तुम्बाहाङफेले गरेका हुन् ।
थैली इन्टरटेन्टमेन्टको प्रस्तुतिमा विमला तामाङको मेकअप, टप सप काठमाडौंको पहिरनमा तयार गरिएको भिडियोमा अनिल रानाले सम्पादन गरेका छन् ।
एल्वम ‘सगुन’मा समावेस गरिएको हरि लम्सालको संगीत संयोजन रहेको गीतलाई एकाष्टिक स्टुडियोमा अजय सिंह कार्कीले रेकर्डिङ गरेका हुन् ।
साथ रहुन्जेल शंकालु नजरले हेरेको प्रेमीको दिर्घ रोगका कारण मृत्यू भए पश्चात पुराना यादहरुमा छटपटिएका प्रेमिकाको पिडाहरु आकर्षक ढंगले प्रस्तुत गरिएको भिडियोलाई खरुन राईले प्रस्तुत गरेका हुन् ।
कमल। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्र झापाको चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गरेका छन् । त्यसैगरी आजै झापाको कमल २ स्थित कमल खोलामा निर्माण गरिएको पक्की पुलको उद्घाटन गरेका छन् । आजै...
इलाम। नेपाल पत्रकार महासंघ इलाम शाखाको आगामी चैत्र पहिलो साता हुने नयाँ नेतृत्व चयनको निर्वाचनमा नेपाल प्रेस युनियन र प्रेस नेपालले कार्यगत एकता गर्ने भएका छन् । शनिबार दुई संगठनले कार्यगत एकता गर्ने भन्दै ३...
काठमाडौं । नेपालको नम्बर वान अनलाइनखबरको प्रधान सम्पादकमा शिव गाउँले नियुक्त भएका छन् । नम्बर वान अनलाइन न्यूज पोर्टल संचालक अनलाइनखबर नेपाल प्रा.लिको सञ्चालक समिति बैठकले गाउँलेलाई प्रधान सम्पादकमा नियुक्त गर्ने निर्णय गरेको हो ।...
दमक। याक्थुङ साहित्य गजल समूहले आयोजना गरेको अन्तर्राष्ट्रिय याक्थुङ अनलाइन गजल प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएको छ । आज झापाको दमकमा आयोजित कार्यक्रममा विजेताहरुलाई नगद तथा प्रमाणपत्रले सम्मान गरिएको हो । अन्तराष्ट्रिय याक्थुङ अनलाइन गजल...
हाम्रो बारेमा
प्रकाशक:
माङ्गेन्ना पब्लिकेशन एण्ड मिडिया प्रा.लि.
प्रदेश न १ , दमक–१, झापा
सूचना विभाग द.नं. २१४६/०७७-७८
सम्पर्क ठेगाना
टेलिफोन
फोन नं. ०२३-५८१८९१
ईमेल
Manggennapub.midiya2077@gmail.com
विज्ञापन शाखा
९८०७९२९१११
हाम्रो टीम
प्रवन्ध निर्देशक/संचालक
दिल कुमार लावती
९८४४६५८८४४