याङ्वरकमा लिम्बुवानको प्रशिक्षण कार्यक्रम

 पवित्रा खजुम लिम्बु
                       

पाँचथर/ पाँचथरको याङ्वरक गाउँपालिकामा संघीय लिम्बुवान मञ्च, नेपाल याङवरक गाउँपालिका समितिकाे एक दिने प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

शनिबार सम्पन्न प्रशिक्षण पाँचथर बहुमुखी क्याम्पसका प्राध्यापक तथा लिम्बुवानका युवा नेता मधुराज केरुङ्ले सहजीकरण गरेका हुन । याङ्वरक गाउँपालिका कार्य समितिका सदस्यहरू त्यसैगरी अन्य अग्रज नेता तथा बुद्दिजिवीहरूलाइ दिइएको प्रशिक्षण कार्यक्रममा जिल्ला उपाध्यक्ष जितेन चेम्जोङ, संघीय युवा मञ्चका जिल्ला अध्यक्ष आधार घिमिरे, सचिव रामचन्द्र नेम्बाङ लगायत नेताहरुको उपस्थिति रहेको अध्यक्ष नरेश काम्बाङ्ले बताए ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...