यूकेबाट सानुसालाई अहिलेसम्मकै ठूलो सहयोग रकम प्राप्त

 लिम्बुवान न्युज
                       

दमक। मुटु र दुवै मृगौलामा खराब भई उपचार गराइरहेकी आर्थिक अवस्था कमजोर भएकी पाँचथर मिक्लाजुङ ५ की सानुसा लावतीलाई अहिलेसम्मकै ठूलो आर्थिक सहयोग रकम दमकमा हस्तान्तरण गरिएको छ । कुरुम्बेली समाज सेवा संघ दमकले आइतबार पापोहाङ् लाओती सयङ्को केन्द्रीय कार्यालयमा एक कार्यक्रम गरी सो रकम हस्तान्तरण गरेको हो ।

बेलायत (युके)मा लामो समय देखि बस्दै आउनुभएका यदुचन्द्र लाओती र देउमान लाओतीको पहलमा ५ लाख ९७ हजार एक सय पच्चीस रुपैयाँ कुरुम्बेली समाज सेवा संघ दमकका अध्यक्ष ऐमान सिं लाओती र पापोहाङ् लाओती सयङ्का अध्यक्ष जगतजंग लाओतीद्वयको हातबाट सो रकम हस्तान्तरण गरिएको हो ।

त्यसैगरी उक्त कार्यक्रममा मिना लावतीको पहलमा इजरायल र कतारमा कार्यरत नितु लावती, दिपा लावती, एन्जीला लावती र सन्त लावतीबाट प्राप्त २० हजार रुपैयाँ समेत विरामी लावतीलाई हस्तान्तरण गरिएको छ ।

झापा दमकको बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत सानुसा लावती केही महिना देखि सिस्टमेटिक लिपस इन्थ्योमाटोस्को कारण मुटु र दुवै मृगौला खराब भई विराटनगर नोवेल हस्पिटलमा उपचार गराइरहेकी छन् ।

लिम्बु विद्यार्थी मञ्च, झापाकी उपाध्यक्ष समेत रहेकि लावतीको उपचारमा विभिन्न संघ संस्था र शुभचिन्तकहरुबाट आर्थिक सहयोग जुट्नेकाम भईरहेको सहज कर्ता गगन लावतीले बताए । उनले –उनको उपचारमा सहयोगी मनहरुबाट निरन्तर सहयोग प्राप्त भईरहेको हुँदा विरामीको उपचारमा थप मद्दत पुग्ने बताए ।

उक्त रकम हस्तान्तरण कार्यक्रममा पापोहाङ् लाओती सयङ्का पूर्व सचिव तथा सामाजिक व्यक्तित्व धिरेन लावती, संचारकर्मी दिलकुमार लावती, कुरुम्बेली समाज सेवा संघका अन्य पदाधिकारीहरु कमला लावती, मिलन लावती, दिनेश लावती समेतको उपस्थिति रहेको थियो । कार्यक्रम वीर बहादुर लावतीले सहजीकरण गरेका थिए ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...