यूकेबाट सानुसालाई अहिलेसम्मकै ठूलो सहयोग रकम प्राप्त

,   लिम्बुवान न्युज
                       

दमक। मुटु र दुवै मृगौलामा खराब भई उपचार गराइरहेकी आर्थिक अवस्था कमजोर भएकी पाँचथर मिक्लाजुङ ५ की सानुसा लावतीलाई अहिलेसम्मकै ठूलो आर्थिक सहयोग रकम दमकमा हस्तान्तरण गरिएको छ । कुरुम्बेली समाज सेवा संघ दमकले आइतबार पापोहाङ् लाओती सयङ्को केन्द्रीय कार्यालयमा एक कार्यक्रम गरी सो रकम हस्तान्तरण गरेको हो ।

बेलायत (युके)मा लामो समय देखि बस्दै आउनुभएका यदुचन्द्र लाओती र देउमान लाओतीको पहलमा ५ लाख ९७ हजार एक सय पच्चीस रुपैयाँ कुरुम्बेली समाज सेवा संघ दमकका अध्यक्ष ऐमान सिं लाओती र पापोहाङ् लाओती सयङ्का अध्यक्ष जगतजंग लाओतीद्वयको हातबाट सो रकम हस्तान्तरण गरिएको हो ।

त्यसैगरी उक्त कार्यक्रममा मिना लावतीको पहलमा इजरायल र कतारमा कार्यरत नितु लावती, दिपा लावती, एन्जीला लावती र सन्त लावतीबाट प्राप्त २० हजार रुपैयाँ समेत विरामी लावतीलाई हस्तान्तरण गरिएको छ ।

झापा दमकको बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत सानुसा लावती केही महिना देखि सिस्टमेटिक लिपस इन्थ्योमाटोस्को कारण मुटु र दुवै मृगौला खराब भई विराटनगर नोवेल हस्पिटलमा उपचार गराइरहेकी छन् ।

लिम्बु विद्यार्थी मञ्च, झापाकी उपाध्यक्ष समेत रहेकि लावतीको उपचारमा विभिन्न संघ संस्था र शुभचिन्तकहरुबाट आर्थिक सहयोग जुट्नेकाम भईरहेको सहज कर्ता गगन लावतीले बताए । उनले –उनको उपचारमा सहयोगी मनहरुबाट निरन्तर सहयोग प्राप्त भईरहेको हुँदा विरामीको उपचारमा थप मद्दत पुग्ने बताए ।

उक्त रकम हस्तान्तरण कार्यक्रममा पापोहाङ् लाओती सयङ्का पूर्व सचिव तथा सामाजिक व्यक्तित्व धिरेन लावती, संचारकर्मी दिलकुमार लावती, कुरुम्बेली समाज सेवा संघका अन्य पदाधिकारीहरु कमला लावती, मिलन लावती, दिनेश लावती समेतको उपस्थिति रहेको थियो । कार्यक्रम वीर बहादुर लावतीले सहजीकरण गरेका थिए ।

सम्बन्धित समाचार

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

;