दमक अस्पतालको प्रम ओलीद्वारा शिल्यानास

 लिम्बुवान न्युज
                       

दमक। झापाको दमकमा आइतबार ५० शैयाँको अस्पताल अनलाइन माध्यमद्वारा प्रधानमन्त्री केपी शर्मा ओलीले भरच्र्यूल कार्यक्रमबाट शिल्यानास गरिएको छ । प्रधानमन्त्री ओलीले आफ्नो गृहनगरमा ५० शैयाँको अस्पताल शिल्यानास कार्यक्रममा अनलाइनबाट सम्बोधन गर्दै कोरोना संक्रमण रोक्न सबै सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, आयुर्वेद क्षेत्रका चिकित्सक लगायत सबैलाई अनुरोध गर्दै काम प्रति इमानदारीताको प्रशंसा गरेका छन् ।

प्रधानमन्त्री ओलीले निरोगी नेपाल निर्माण गर्ने अभियानमा सबैलाई सहयोग गर्न आव्हान गरेका छन् । त्यसैगरी दमकमा बन्ने अस्पतालले आसपासका पहाडी जिल्लाका जनताहरुलाई समेत सेवा पुग्ने भएकाले सुविधा सम्पन्न दमक अस्पताल निर्माण महत्वपूर्ण हुने वहाँले वताउनु भयो ।

कार्यक्रममा अनलाइन जुम मार्फत प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले दशै तिहार जस्ता चाडपर्वहरुमा कोरोना संक्रमण थप बढ्ने सम्भावित खतरा रोक्न तमाम नागरिक सचेत हुन आग्रह गर्नुभएको छ । साथै वहाँले दमक अस्पताललाई उच्च प्रविधि र उच्च सेवा दिने खालको बनाउन प्रदेश सरकारले सहयोग प्रदान गर्ने बताउनु भएको छ ।

दमक अस्पताल झण्डै एक विगाह क्षेत्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २० करोड ४ लाखमा ठेक्का लगाई भवन निर्माणको शिल्यानास गरिएको कार्यक्रमका सभाध्यक्ष एवं दमक अस्पताल निर्माण संयोजक गीता अधिकारीले बताउनु भयो । भूँइतलामा गाडी राख्न मिल्ने गरी ३ तले ५० शैयाको अस्पताल निर्माण थालिएको का.वा. मेयर अधिकारीले बताइन् ।

शिलान्यास कार्यक्रममा प्रदेशका अन्य मन्त्री तथा मन्त्रालयका पदाधिकारीहरु जोडिनु भएको उक्त अनलाईन मार्फत अस्पतालको शिल्यानास गरिएको कार्यक्रममा नगरका राजनैतिक, सामाजिक र स्वास्थ्य क्षेत्रका जिम्मेवार प्रतिनिधिहरुको समेत उपस्थिति रहेको छ ।

 

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...