दमक अस्पतालको प्रम ओलीद्वारा शिल्यानास

 लिम्बुवान न्युज
                       

दमक। झापाको दमकमा आइतबार ५० शैयाँको अस्पताल अनलाइन माध्यमद्वारा प्रधानमन्त्री केपी शर्मा ओलीले भरच्र्यूल कार्यक्रमबाट शिल्यानास गरिएको छ । प्रधानमन्त्री ओलीले आफ्नो गृहनगरमा ५० शैयाँको अस्पताल शिल्यानास कार्यक्रममा अनलाइनबाट सम्बोधन गर्दै कोरोना संक्रमण रोक्न सबै सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, आयुर्वेद क्षेत्रका चिकित्सक लगायत सबैलाई अनुरोध गर्दै काम प्रति इमानदारीताको प्रशंसा गरेका छन् ।

प्रधानमन्त्री ओलीले निरोगी नेपाल निर्माण गर्ने अभियानमा सबैलाई सहयोग गर्न आव्हान गरेका छन् । त्यसैगरी दमकमा बन्ने अस्पतालले आसपासका पहाडी जिल्लाका जनताहरुलाई समेत सेवा पुग्ने भएकाले सुविधा सम्पन्न दमक अस्पताल निर्माण महत्वपूर्ण हुने वहाँले वताउनु भयो ।

कार्यक्रममा अनलाइन जुम मार्फत प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले दशै तिहार जस्ता चाडपर्वहरुमा कोरोना संक्रमण थप बढ्ने सम्भावित खतरा रोक्न तमाम नागरिक सचेत हुन आग्रह गर्नुभएको छ । साथै वहाँले दमक अस्पताललाई उच्च प्रविधि र उच्च सेवा दिने खालको बनाउन प्रदेश सरकारले सहयोग प्रदान गर्ने बताउनु भएको छ ।

दमक अस्पताल झण्डै एक विगाह क्षेत्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २० करोड ४ लाखमा ठेक्का लगाई भवन निर्माणको शिल्यानास गरिएको कार्यक्रमका सभाध्यक्ष एवं दमक अस्पताल निर्माण संयोजक गीता अधिकारीले बताउनु भयो । भूँइतलामा गाडी राख्न मिल्ने गरी ३ तले ५० शैयाको अस्पताल निर्माण थालिएको का.वा. मेयर अधिकारीले बताइन् ।

शिलान्यास कार्यक्रममा प्रदेशका अन्य मन्त्री तथा मन्त्रालयका पदाधिकारीहरु जोडिनु भएको उक्त अनलाईन मार्फत अस्पतालको शिल्यानास गरिएको कार्यक्रममा नगरका राजनैतिक, सामाजिक र स्वास्थ्य क्षेत्रका जिम्मेवार प्रतिनिधिहरुको समेत उपस्थिति रहेको छ ।

 

सम्बन्धित समाचार

झापाको मतगणना आजैबाट शुरु: कहाँ-कहाँ हुँदै

झापा, २१ फागुन । झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि आज भएको मतदानको मतगणना तयारी सुरु भएको छ । सबै निर्वाचन क्षेत्रका कार्यालयहरुमा मतपेटिका ओसार्ने काम जारी छ । मतगणना आज राति सुरु गर्ने तयारी गरिएको...

झापा ५ मा मतदान सकिए सङ्गै मत पेटिका संकलन शुरु: आजैबाट गणना हुने

दमक, २१ फाल्गुन । सर्वाधिक चासोका साथ हेरिएको झापा क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम शुरु भइरहेको छ । निर्वाचन कार्यालय झापा ५ का अनुसार, आजै सर्वदलीय बैठक बसेर बैठकको निर्णयपछि मतगणना...

झापा ५ इपिसेन्टरमा मतदान शान्तिपूर्ण: रन्जितले कमलमा गरे मतदान

दमक, २१ फाल्गुन । चुनावको इपिसेन्टर बनेको झापा क्षेत्र नम्बर-५ मा मतदान सुरु भएको पहिलो दुई घण्टामा ७.५ प्रतिशत मत खसेको छ । मतदाताहरू भोट हाल्नका लागि मतदान केन्द्रहरूमा लाइनमा उभिएका छन् । एमालेका अध्यक्ष...

२०८३ सालमा हुने सार्वजनिक विदा: सूची सहित हेर्नुहोस्

दमक, १९ फागुन । नेपाल सरकारले विक्रम सम्वत २०८३ सालको विदा सार्वजनिक गरेको छ । यहि फागुन १३ गते बसको मन्त्रीपरिषदले सार्वजनिक विदा निर्धारण गरेको थियो । सोही निर्णय अनुसार मंगलबार सरकारले विदा सुची राजपत्रमा...