दशैं भत्ता फिर्ता गर्न कांग्रेस सांसदलाई सभापति देउवाको निर्देशन

 लिम्बुवान न्युज
                       

काठमाडाैं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय संसद र राष्टिय सभा प्रतिनिधित्व गर्ने पार्टीका सांसदलाई दसैं भत्ता फिर्ता गर्न निर्देशन दिएका छन्।

संसदीय दलका नेतासमेत रहेका देउवाले पार्टीको संसदीय दलमार्फत् सबै सांसदलाई दसैं भत्ता संसद सचिवालयलाई नै फिर्ता गर्न निर्देशन दिएका हुन्।

कोरोना महामारी र कतिपय सांसद चाडपर्व मनाउन उपत्यका बाहिर गइसकेकोले तत्काल संसदीय दलको बैठक राख्न सम्भव नभएपछि देउवाले उक्त निर्देशन दिएका हुन्।

कांग्रेस सांसदहरूले संसदीय दलमै छलफल गरेर सबै सांसदको भत्ता फिर्ताको निर्णय गर्नुपर्ने माग गरिरहेका छन्।

सभापति देउवाले सोमबार संसदीय दललाई सांसदका भत्ता फिर्ता गर्न निर्देशन दिएका हुन्।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सभापतिले दसैं भत्ता फिर्ता दिन निर्देशन दिइसकेको जानकारी दिए।

‘अहिले संसदीय दलको बैठक बस्न सक्ने अवस्था छैन। कतिपय सांसदहरू उपत्यका बाहिर हुनुहुन्छ,’ उनले सेतोपाटीसँग भने, ‘सभापतिलेज्यूले भत्ता फिर्ता दिन निर्देशन दिइसक्नु भएको छ। यसबारे दिउँसो विज्ञप्तिबाट औपचारिक जानकारी गराइन्छ।’

खाँणले आइतबार नै संसद सचिवालयलाई पत्र लेखेर भत्ता फिर्ता गर्ने जानकारी गराएका थिए।

कोरोना महामारीका बेला दसैं भत्ता लिनु उपर्युक्त नहुने पनि खाँणले बताएका छन्।

‘संघीय संसदमा प्रतिनिधित्व गर्ने पार्टीका प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदले आफ्नो खातामा आएको दसैं भत्ता संसद सचिवालयमार्फत् सरकार र कोरोना कोषलाई फिर्ता गरिदिने निर्णय भइसकेको छ,’ उनले भने।

प्रतिनिधिसभामा कांग्रेसका ६३ र राष्ट्रिय सभामा ६ जना सांसद छन्। संघीय सांसदहरूले ६४ हजार ७० रूपैयाँ दसैं भत्ता पाएका थिए।

सरकार कोरोना संक्रमितको परीक्षण र उपचारबाट पन्छन खाेजेकाे प्रति अापत्ति जनाउदै त्यसरी पन्छिन्न नमिल्ने पनि कांग्रेसको भनाइ छ।

सम्बन्धित समाचार

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...

स्पेन बन्यो २०२६ को विश्वकप विजेता

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...