खसहरूले बनाए विश्व मष्ट धर्म महासंघ

 लिम्बुवान न्युज
                       

काठमाडौँ । मष्टलाई पूजा गर्ने खसहरुको एक भेलाले खस-छेत्री एकता समाजका संस्थापक अध्यक्ष युवराज कार्कीको अध्यक्षतामा ४७ सदस्यीय विश्व मष्ट धर्म महासंघको केन्द्रीय तदर्थ समिति गठन गरेको छ ।
सातैवटा प्रदेशमा उपाध्यक्षहरु रहने गरी गठित सो समितिको महासचिवमा प्रेमनारायण थापा रहनुभएको छ भने उपाध्यक्षहरुमा एक नम्बर प्रदेशबाट शिवबहादुर बस्नेत, लुम्बिनी प्रदेशबाट चूडामणि रेग्मी र सीता केसी, कर्णाली प्रदेशबाट वीरबहादुर शाही,गण्डकी प्रदेशबाट मदनराज थापा , सुदूरपश्चिम प्रदेशबाट भीमबहादुर थापा  र रघुवीर सिंह ठकुन्ना,बागमती प्रदेशबाट भीम बर्मा,भारतबाट सागरराज  छेत्री रहनुभएको छ ।
उक्त समितिको उपमहासचिवमा रामहरि कार्की, सचिवमा टेकबहादुर थापा (बेलायत) र हरि छेत्री रहनुभएको छ भने कोषाध्यक्षमा राजेन्द्र खस (बेलायत) रहनुभएको छ ।
११ सदस्सीय केन्द्रीय सल्लाहकार समितिमा चन्द्रप्रकाश बानियाँ, ईन्द्रप्रसाद कार्की,राजेन्द्र क्षेत्री,तेजबहादुर कार्की, गोविन्दमानसिंह कार्की,सचिन नाम्दुले खस,आशिष थापा, राधा थापा, प्रेमबहादुर खाती र  राजन केसी रहनुभएको छ ।
३३  सदस्यीय केन्द्रीय समितिका सदस्यहरुमा लिला बस्नेत झापा, पर्शुराम  बस्नेत सुनसरी,अरुण छेत्री कालेबुङ दार्जीलिङ, विनोद बस्नेत झापा, टंक थापा खोटाङ, डिलुकुमारी  खड्का सुर्खेत, इन्द्रबहादुर बराल काठमाडौँ, पृथ्वीनारायण कार्की झापा, अनन्त कार्की काठमाडौँ,  बिरेश गोदार थापा  सुनसरी, रामबहादुर जाग्री बझाङ, रविन्द्र बस्नेत मकवानपुर, नेत्रजङ्ग कार्की भक्तपुर, हरिबहादुर बस्नेत झापा, निगमकुमार कार्की कतार, तपेन्द्र क्षेत्री बझांग, रविन बुढाथोकी इजरायल, जनककुमार कटुवाल संयुक्त राज्य अमेरिका, सन्देश ठकुरी दुबई, खिरबहादुर भन्डारी धनकुटा, पुष्प कार्की भोजपुर, पुष्पबहादुर कार्की धनकुटा, दुर्गा सुवेदी मोरङ्ग,भुपेन्द्र भण्डारी सल्यान, हरिबहादुर खड्का गोर्खा, पदमकेशर अधिकारी संखुवासभा, भीमबहादुर बस्नेत र ध्रुवराज बस्नेत, झापा र नरबहादुर विष्ट ताप्लेजुङ रहनुभएको छ ।
यसअघि खस जातिका संगठनहरुले आगामी २०७८ सालमा हुन गइरहेको राष्ट्रिय जनगणनामा धर्मको महलमा मष्ट धर्म र जातिको महलमा खस जाति लेखाउने निर्णय गरिसकेका छन् ।
खस जातिभित्र पर्ने छेत्री, ठकुरी केही खस ब्राह्मण, दमाइ, कामी, सार्की आदिले मष्ट धर्म मान्दै आएका छन् ।
खस नेपालको सबैभन्दा ठूलो जनसंख्या भएको जाति हो । खस जातिभित्र छेत्री, कामी, दमाइ, सार्की, ठकुरी आदि पर्दछन् ।
खसहरूको आफ्नो मौलिक धर्म मष्ट धर्म हो | मष्ट भनेको निराकार  शक्ति हो | जसलाई खसहरुले स्वामीका रुपमा पूजा गर्छन् | मष्टको मन्दिरलाई माडौँ भनिन्छ | मष्ट मानवशरीरमा प्रकट हुने देव शक्ति हो | मष्ट धर्ममा ईश्वरको परिकल्पना हुँदैन | मष्ट धर्म सनातन देखि चलिआएको धर्म हो तर वैदिक धर्मभन्दा फरक भएकोले यसलाई अवैदिक धर्म भनिन्छ | अवैदिक धर्म भएकोले मष्ट धर्ममा वर्ण व्यवस्था मान्य हुँदैन | त्यसैले मष्ट धर्म छुवाछुत रहित धर्म हो | खस जातिमा हिन्दु धर्मको प्रभाव परेपछि मष्ट धर्म ओझेलमा पर्दै आएको छ |

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...