स्थगित गर्‍यो लोक सेवा आयोगले लिखित परीक्षा

 लिम्बुवान न्युज
                       

काठमाडाैं । लोक सेवा आयोगले कात्तिक १६ गतेदेखि लिने भनिएकाे सम्पूर्ण लिखित परीक्षा हाललाइ स्थगित गरेको छ ।

आयोगले सोमबार एक सूचना प्रकाशित गर्दै कोरोना महामारीका कारण परीक्षामा सहभागी हुने उम्मेद्वारहरुमा सिर्जना भएको भय र आयोगका कर्मचारीहरुमा समेत संक्रमण पुष्टि भएका कारण अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको जानकारी दिएको हो ।

परीक्षा व्यवस्थापनमा जनशक्ति खटाउन तथा परीक्षा व्यवस्थापन गर्न समस्या हुने भएको हुँदा आयोगको पूर्व निर्णय बमोजिम तोकिएका निजामति सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका सम्पूर्ण लिखित परीक्षा स्थगित गरिएको आयोगले जारी गरेको सूचनामा उल्लेख गरेकाे छ ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...