पाँचथर । पाँचथरमा केही दिन देखि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस परित्याग गरि लिम्बुवान मञ्चमा प्रवेशकाे जनलहर आइरहेकाे छ । साेमबार मात्र पाँचथरकाे फिदीम नपा १० याङनाममा १ सय ७६ जना नेकपा र कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरु संघीय लिम्बुवान मञ्च नेपालमा प्रवेश गरेका छन् ।
फिदिम १० याङ्नाममा संघीय लिम्बुवान मञ्च, नेपाल वडा कार्यसमितिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा काँग्रेस र कम्युनिस्ट पार्टीहरुले लिम्बुवान स्वायत्त राज्य नस्विकारेकाे पहिचान सहितकाे संघीयतामा सबै जाती, समुदाय र वर्गलाइ समेट्न नसकेकाे सत्ता चलाइरहेकाे दल र प्रतिपक्षी दलले १०+१ प्रान्त स्थापना गर्न नसक्ने बताउँदै अहिले गाउँगाउँमा सिंहदरबार ल्याउने सपना बाढ्दै भ्रष्टचारमा लिप्त भएका दलहरूबाट देशमा परिवर्तन हुन नसक्ने निष्कर्श निकालेर पार्टी परित्याग गरेको नवप्रवेशीहरुले बताएका छन् । प्रवेश गर्नेहरुमा अधिकांश युवायुवतीहरु रहेका छन् ।
उक्त प्रवेश कार्यक्रममा जिल्ला उपाध्यक्ष जितेन चेम्जोङ, युवा नेता मधुराज केरुङ, युवा मञ्चका जिल्ला अध्यक्ष आधार घिमिरे, सचिव रामचन्द्र नेम्बाङ, सहसचिव महेन्द्र हाङ्सरुम्बा, बिद्यार्थी नेता रिवाज थाम्सुहाङ, मनेन्द्र केरुङ लगायतको उपस्थिति रहेको थियो ।
संघीय लिम्बुवान मञ्च, नेपाल संघीय लाेक्तान्त्रिक राष्टिय मञ्चकाे १०+१ प्रान्तीय मञ्चहरू मध्येकाे एक मञ्च हाे । लिम्बुवान मञ्च अरुण सप्तकोशी पूर्वको नौ जिल्लालाई विगत ढेड दशक देखि लिम्बुवान स्वायत्त राज्य स्थापना गर्नु पर्छ भन्ने सरकारसँग माग राख्दै विभिन्न समयमा आन्दोलनहरु गर्दै आईरहेको राजनैतिक पार्टी हो ।
Related