दमक नगरपालिका साेमबारदेखि पुनः वन्द, दशै पछि मात्र खुल्ने

 लिम्बुवान न्युज
                       

दमक । झापाको दमक नगरपालिका साेमबारदेखि फेरि तीन दिनका लागि वन्द भएको छ । नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरुमा कोरोना भाइरस संक्रमण भएपछि नगरपालिका आजदेखि कार्तिक ६ गतेसम्मका लागि वन्द भएको हो ।

नगरपालिकाका उपसचिव दिनेशकुमार न्यौपानेले आज एक सूचना निकालेर नगर प्रमुख सहित दुई जना वार्ड अध्यक्षमा संक्रमण देखिएपछि नगरपालिका र वार्ड कार्यालयबाट प्रदान गरिने सबै सेवाहरु बन्द हुने भएको जनाएकाे छ ।

केही समय देखि जनप्रतिनिधिसहित कर्मचारीहरुमा संक्रमण थपिदै गएको र संक्रमितहरुको सम्पर्कमा आएकाहरुको कन्ट्रयाक ट्रेसिङ कार्य गर्नुपर्ने भएकाले नगरपालिकाका कार्यालय तथा १० वटै वडा कार्यालयहरु वन्द रहने सूचनामा उल्लेख छ । यसअघि पनि नगरपालिका गत असोज २० देखि २३ गतेसम्म पनि वन्द भएको थियो ।

नगरपालिकाले स्वास्थ्य सुरक्षा सम्बन्धी सावधानी अपनाएर मात्र दैनिक जिवनयापन, व्यवसाय गर्न अनुरोध गरेको छ । यस्तै निषेधाज्ञा पालना गर्न नगरवासीहरुसंग  अनुराेध गरेको छ । अब नगरपालिका दशै पछि मात्रै खुल्ने भएकाे छ । नगरवासीहरूलाइर काेराेनाबाट उच्च सतकर्ता अपनाएर दैनिक जीवनयापन गर्न नगरले आग्रह गरेको छ ।

 

यसमा तपाइको मत

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...