प्रदेश १ मा कोरोना संक्रमितको उपचार प्रदेश सरकारले गर्ने

,   लिम्बुवान न्युज
                       

विराटनगर। प्रदेश १ मा कोरोना संक्रमितको उपचार खर्च प्रदेश सरकारले नै बेहोर्ने जनाएको छ । सोमबार सामाजिक विकासमन्त्री जीवन घिमिरेले आफ्ना नागरिकको उपचार खर्च आफैं बेहोरेको र अब पनि उपचार निःशुल्क नै गर्ने जानकारी दिएका हुन् ।

‘यो महामारीमा सबै नागरिक समस्यामा छन् । प्रदेश सरकार सुरुदेखि नै निरन्तर कोरोना महामारी नियन्त्रणमा खटिएका छौं’, मन्त्री घिमिरेले भने, ‘अब पनि कोरोना संक्रमित नागरिकको उपचार निःशुल्क नै हुन्छ । प्रदेश १ का नागरिक यसमा सबै ढुक्क हुनुहोस् ।’

मन्त्री घिमीरेका अनुसार प्रदेश सरकारले कोभिड अस्पताल, आइसोलेसन चलाउँदै आएकाले संक्रमितहरु निजीमा दौडनुपर्ने अवस्था छैन । कोरोना संक्रमण रोक्ने सरकारको अभियानमा सबैले साथ दिन आग्रह गरेका छन् । ‘महामारीसँग सबै लडौं, तपाईहामी आआफ्नो स्थानबाट संक्रमण नियन्त्रणमा लाग्नुपर्छ’, साथै उनले, ‘सरकारको अभियानलाई साथ दिए मात्रै यो सफल हुने बताएका छन् ।

उता प्रतिपक्षी कांग्रेसले भने प्रदेश सरकारको यो भनाइमा शंका व्यक्त गर्दै संघीय सरकार कोरोना संक्रमितको उपचार र व्यवस्थापनबाट अलग्गी रहेको बताएको छ । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारले बोलेर मात्रै केही नहुने बताए । ‘यसअघि त व्यवस्थापनमा लाचार बनेको प्रदेश सरकार संघीयले खुट्टा झिक्दा व्यवस्थापनमा दह्रो होला ?’, कार्कीको प्रश्न छ, ‘प्रदेश सरकारले यसअघि नै व्यवस्थापनमा आफू सक्षम नभएको देखाइ सक्यो । अब होला त भन्नु हास्यस्पद कुरा भएको छ ।’

प्रदेशको राजधानी विराटनगरमा मात्रै हालसम्म ३० जना संक्रमितले ज्यान गुमाइसकेको छ । प्रदेश सरकार गम्भीर नबन्नु यसको पहिलो उदाहरण भएको छ । प्रदेशले कोरोना जनसुरक्षा कोष खडा गरेता पनि रकम संकलन गरे पारदर्शी रूपमा खर्च गर्न नसकेको आरोप कांग्रेसले लगाएको छ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;