लिम्बुवान नौ जिल्लामा सक्रिय हुँदै, आन्दोलनको रुपमा क्रियासिल सदस्य बाढ्दै

 लिम्बुवान न्युज
                       

दमक। विगत ढेड दशक देखि निरन्तर आन्दोलनरत संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको १०+१ प्रान्तहरुको मध्ये संघीय लिम्बुवान मञ्च अरुण पूर्वको नौ जिल्लामा सक्रिय भएको छ ।

सोमबार झापाको बुद्धशान्तीमा पार्टीको क्रियशिल बितरणसँगै अन्तरक्रिया कार्यक्रम गरेको छ । मञ्चका उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङको प्रमुख उपस्थितिमा क्रियासिल सदस्यता वितरण गरिएको छ । उक्त अन्तरक्रिया कार्यक्रममा बुद्धशान्ती ४ मा राय बहादुर कम्फेको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटी समेत गठन गरिएको विद्यार्थी नेता मोहन मावोले बताए ।

मञ्चका केन्द्रीय सचिव श्री मान बहादुर साम्बा, सचिवालय सदस्य भक्त मेयाङ्बो, मान बहादुर माबो, जिल्ला सचिव केसव पौडेल लगायत नेताहरुको उपस्थितिमा बुद्धशान्तिमा संगठनलाई मजवुत र सक्रिय बनाउने स्थानीय नेताहरुले प्रतिबद्धता गरे ।

त्यसैगरी आजै संघीय लिम्बुवान मंञ्च नेपाल जिल्ला समिति संखुवासभाले चैनपुर नगरपालिकामा संगठन बिस्तार गर्न घरदैलो कार्यक्रम गरेको छ । उक्त घरदैलो तथा भेटघाट कार्यक्रममा कोरोना संक्रमणका कारण खुलेरै गाउँघरमा हिड्न नसकेता पनि संगठनलाई शसक्त बनाउन राय बहादुर कम्फे लिम्बुको संयोजकत्वमा १९ सदस्यीय समिति गठन गर्दै अबको केही दिनमा संगठनलाई पूर्णता दिने मञ्चका जिल्ला अध्यक्ष निमा शेर्पाले बताए ।
घरदैलो कार्यक्रममा जिल्ला सदस्य हाङ्जित लिम्बू समेतको उपस्थिति थियो । साथै पार्टीको साधारण सदस्यता वितरण र क्रियासिल सदस्य फाराम समेत उक्त भेटघाटमा वितरण गरेको अध्यक्ष शेर्पाले वताए ।

त्यसैगरी संघीय लिम्बुवान मञ्च नेपाल कनकाई–७, वडा कार्य समितिको आयोजनामा गत असोज ३० गते दुर्गापुरस्थित सामुदायिक भवनमा मौलिक चार्डहरुको उपलक्ष्यमा शुभकामना आदानप्रदान, चियापान साथै १ दिने राजनैतिक प्रसिक्षण तथा अन्तर्कृया कार्यक्रम सन्पन्न भएको छ ।

कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ इम्बुङको मुख्य प्रशिक्षण रहेको उक्त कार्यक्रममा पार्टीका उपमहासचिव भानु भट्टराई, त्यसै गरि केन्द्रीय सचिव राजु राई, सचिवालय सदस्य भक्त मेन्याङ्, जिल्ला अध्यक्ष धनबहादुर पङ्धाक साथै कनकाई नगर अध्यक्ष हङ्बिर कुलुङ राई लगायतको सहभागिता रहेको थियो ।

वडा कमिटी अध्यक्ष बसन्त मेन्याङ्बोको अध्यक्षता साथै वडा सचिव महेन्द्र कन्दङ्वाको संचालन र वडाका उपाध्यक्ष सन्जिव लकान्द्रीले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको औचित्य वडा सदस्य गीता नेम्बाङले प्रष्ट पार्नुभएको थियो ।

झण्डै २ घण्टा चलेको प्रशिक्षण कार्यक्रममा प्रशिक्षकद्वय उपमहासचिव भानु भट्टराई र जिल्ला अध्यक्ष धन बहादुर पन्धाकले नेपालको बैकल्पिक शक्तिको रुपमा ०६२ सालमा स्थापित पार्टी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपालको नव दर्शन “सह–अस्तित्ववाद”, पहिचानको आन्दोलनको औचित्य र पहिचान सहितको संघीयतामा लिम्बुवानको सम्भावना, महत्व, रणनीति र भावी कार्यदिशाबारे प्रष्ट पार्नुभएको थियो ।
लिम्बुवान मञ्चले आन्दोलनको रुपमा सबै जिल्लाहरुमा क्रियाशिल सदस्य वितरणलाई निरुन्तर बाढ्उँदै लगिएको हुँदा नेताहरु नौ जिल्लामा सक्रिय भएको मञ्चका प्रान्तीय महासचिव अशोक चेम्जोङ्ले बताएका छन् ।

सम्बन्धित समाचार

अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको लिए शपथ

ललितपुर, ११ चैत्र । नेपाली कांग्रेसबाट नवनिर्वाचित प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ ग्रहण गराएका हुन् । केसी...

सहिद लाजेहाङको स्मृति सभामा पहिचानवादीहरूले प्रदेश १ काे ‘काेशी’ नाम खारेज गरि पहिचानका आधारमा राख्नुपर्ने माग

माेरङ, १० चैत । ‘काेशी’ नाम खारेजी आन्दोलनका सहिद पदम सुक्वाबा लिम्बु ‘लाजेहाङ’ लाई पहिचानवादीहरूले स्मरण गरेका छन् । लाजेहाङकाे तेस्रो स्मृति दिवसको अवसरमा उनको सम्झना गरिएको हाे । मङ्गलबार बेलबारीमा प्रदेश नम्बरको एक पुनः...

किरात याक्थुङ चुम्लुङकाे १२औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा

दमक, १० चैत्र । याक्थुङ लिम्बु जातिको साझा संस्था किरात याक्थुङ् चुम्लुङको १२औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । मंगलबार झापाको चारआलीस्थित होटल नाङ्लोमा कियाचु संघीय समितिले पत्रकार सम्मेलन गर्दै झापाको भद्रपुर चन्द्रगढीमा...

चुम्लुङकाे १२औं राष्ट्रिय महाधिवेशन झापामा हुँदै

दमक, ४ चैत । किरात याक्थुङ चुम्लुङको १२औं राष्ट्रिय महाधिवेशन चैत १२, १३ र १४ गते तीन दिवसीय हुने भएको छ । झापाकाे भद्रपुर नगरपालिकास्थित चन्द्रगढीमा कियाचु झापाकाे व्यवस्थापन तथा भद्रपुर नगर शाखाको सह–व्यवस्थापनमा १२औं...