भिम केरुङको ‘रातो भुइँ’ सार्वजनिक

 लिम्बुवान न्युज
                       

दमक। झापाकाे कमल गाउँपालिका वडा नम्बर ७ गेउरिया निवासी भीम केरुङद्धारा लिखित ‘रातो भुइँ’ ؙ पुस्तक बुधबार एक कार्यक्रम बिच सार्वजनिक गरिएको छ । नेपाली समाज र राजनीतिलाई समेटेर लेखक केरुङले तयार गरेको पुस्तकको बुधबार जिल्लाको शिवसताक्षीस्थित झिलझिलेमा संक्षिप्त कार्यक्रम गरि सार्वजनिक गरिएको हो ।

पुस्तकको प्रकाशक गणेशप्रसाद लिम्बूले झोडा आन्दोलनका अग्रज देउकुमार राईलाई पुस्तक दिएर सार्वजनिक गरिएको लेखक केरुङले बताए ।
तत्कालीन नेपाल भूतपूर्व सैनिक संघ पाँचथरका सभापति समेत भएका राईकै नेतृत्वमा जिल्लाका विभिन्न स्थानमा भूपू सैनिकलाई बसोबास दिलाउन सहयोग पु¥याएका थिए । पुस्तकमा लेखकले भूपू सैनिकहरु कसरी झोडामा आए भनेर उल्लेख गरेका छन् ।

लेखकले विभिन्न दश अध्यायमा ती विषयवस्तुहरुलाई समावेश गरेका छन् । अध्याय १ मा प्राचीन मानव सभ्यता र चिहानबीचको सम्बन्ध, दोश्रोमा पहिचानसहितको संघीय संरचनामा किन मुलुक गएन ? भ्रम र यथार्थ, तेश्रो अध्यायमा समाज रुपान्तरणको एउटा जटिल पक्ष : जातीय विभेद तथा छुवाछूत, चौथो अध्यायमा सरकारी नोकरीमा आरक्षणको सवाल, पाँचौमा किन विवादित बन्यो, आदिवासी रंगशाला ? जस्ता विषयहरुलाई चित्रण गर्न खोजेका छन् ।
त्यसैगरि पुस्तकको छैठौ अध्यायमा लेखकले आफनै ठाउँ हाल कमल गाउँपालिका ७ स्थित विष्णुकठ्ठाका धिमाल जातिको विषयमा र सातौ अध्यायमा स्थानीय कमल ७ कै एउटा नलेखिएको इतिहास जो लालधोन्द्रा झोडाका भूपू सैनिकहरुका बारेमा खोजमूलक अध्ययन सामाग्रीलाई चित्रण गरेका छन् । यस्तै, उनले आठौ अध्यायमा सीतापुरी झोडाकाण्ड एक राजनीतिक स्वार्थ, नवौ अध्यायमा भूमि सम्बन्धी एेनहरुको विश्लेषण र दशाैं अध्यायमा भूमिसुधार असफल हुनुका लक्षणहरु सम्बन्धी आफनो अध्ययन सामाग्रीलाई समावेश गरेका छन् ।

२२६ पृष्ठको सो पुस्तक अघि लेखकले २०५६ सालमा ‘मसंगै फुलेको फूल’ कविता संग्रह निकालेका थिए । त्यस कविता संग्रहको विक्री वितरण साझा प्रकाशनले गरेको थियो ।
साहित्यसंगै वामपन्थी राजनीतिमा सक्रिय लेखक केरुङले यस पुस्तक समाज र राजनीति सम्बन्धी अध्ययन गर्नेका लागि पठनीय भएको दावी गरे ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...