हाङ्पाङ् ताप्लेजुङमा लिम्बुवानको टोल समिति गठन

,   लिम्बुवान न्युज
                       

फुङ्लिङ्। आठराई त्रिवेणी ३ हाङ्पाङ्मा संघीय लिम्बुवान मञ्च नेपाल खुवा टोल समिति कुमार मावोहाङकाे अध्यक्षतामा २३ सदस्यीय समिति गठन भएको छ ।

संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला समिति ताप्लेजुङकाे घरदैलो कार्यक्रम अन्तर्गत साविक हाङ्पाङ् ५, ७ र ९ हाल आठराई त्रिवेणी गाउँपालिका ३ मा मंगलबार साँझ शुभकामना आदनप्रदान कार्यक्रमसँगै संगठन विस्तार गरिएको जिल्ला सचिव अशोक मादेनले बताए ।

उक्त कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च, उपाध्यक्ष बिष्णु तुम्बाहाङ्फेसँगै लिम्बुवान मञ्चका प्रान्तिय सचिवालय सदस्य मुक्साम लाबुङ त्यसैगरी युवा नेताहरु मिलन यक्सो, विनय आङ्बुहाङ, शेरहाङ माबोहाङ, ज्ञानेन्द्र यक्सो लगायतको उपस्थिति रहेको थियो ।

गठित समितिको उपाध्यक्षहरुमा विशाल यक्सो र रमेश लिम्बु, सचिवमा सन्तोष लिम्बु, सहसचिवमा इक्सा यक्सो, अर्थसचिवमा मदन मावोहाङ त्यसैगरी सदस्यहरुमा आकाश यक्सो, खगेन यक्सो, सबिरसिंह यक्सो, दिलमाया यक्सो, राजन माबोहाङ, मन बहादुर तामाङ्, आइतराज लिम्बु, काजी माबोहाङ, नरमाया यक्सो, अनिस माबोहाङ, सुरेनहाङ माबोहाङ, अरुण माबोहाङ, ललित यक्सो, नवराज यक्सो, वीरबहादुर यक्सो, नरेश माबोहाङ र सुजन लिम्बु चयन भएका छन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको १०+१ प्रान्तीय मञ्च अन्तर्गत एक घटक संघीय लिम्बुवान मञ्च, नेपाल पूर्वको नौ जिल्लामा राजनैतिक रुपमा सक्रिय संगठन भई लिम्बुवान प्रान्त प्राप्तिको आन्दोलनमा विगत १५ बर्ष देखि निरन्तर संघर्षरत संगठन हो ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;