हाङ्पाङ् ताप्लेजुङमा लिम्बुवानको टोल समिति गठन

 लिम्बुवान न्युज
                       

फुङ्लिङ्। आठराई त्रिवेणी ३ हाङ्पाङ्मा संघीय लिम्बुवान मञ्च नेपाल खुवा टोल समिति कुमार मावोहाङकाे अध्यक्षतामा २३ सदस्यीय समिति गठन भएको छ ।

संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला समिति ताप्लेजुङकाे घरदैलो कार्यक्रम अन्तर्गत साविक हाङ्पाङ् ५, ७ र ९ हाल आठराई त्रिवेणी गाउँपालिका ३ मा मंगलबार साँझ शुभकामना आदनप्रदान कार्यक्रमसँगै संगठन विस्तार गरिएको जिल्ला सचिव अशोक मादेनले बताए ।

उक्त कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च, उपाध्यक्ष बिष्णु तुम्बाहाङ्फेसँगै लिम्बुवान मञ्चका प्रान्तिय सचिवालय सदस्य मुक्साम लाबुङ त्यसैगरी युवा नेताहरु मिलन यक्सो, विनय आङ्बुहाङ, शेरहाङ माबोहाङ, ज्ञानेन्द्र यक्सो लगायतको उपस्थिति रहेको थियो ।

गठित समितिको उपाध्यक्षहरुमा विशाल यक्सो र रमेश लिम्बु, सचिवमा सन्तोष लिम्बु, सहसचिवमा इक्सा यक्सो, अर्थसचिवमा मदन मावोहाङ त्यसैगरी सदस्यहरुमा आकाश यक्सो, खगेन यक्सो, सबिरसिंह यक्सो, दिलमाया यक्सो, राजन माबोहाङ, मन बहादुर तामाङ्, आइतराज लिम्बु, काजी माबोहाङ, नरमाया यक्सो, अनिस माबोहाङ, सुरेनहाङ माबोहाङ, अरुण माबोहाङ, ललित यक्सो, नवराज यक्सो, वीरबहादुर यक्सो, नरेश माबोहाङ र सुजन लिम्बु चयन भएका छन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको १०+१ प्रान्तीय मञ्च अन्तर्गत एक घटक संघीय लिम्बुवान मञ्च, नेपाल पूर्वको नौ जिल्लामा राजनैतिक रुपमा सक्रिय संगठन भई लिम्बुवान प्रान्त प्राप्तिको आन्दोलनमा विगत १५ बर्ष देखि निरन्तर संघर्षरत संगठन हो ।

सम्बन्धित समाचार

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...

स्पेन बन्यो २०२६ को विश्वकप विजेता

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...