संघीय दलित मञ्चद्वारा बिराटनगरमा राजनैतिक भेटघाट कार्यक्रम

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय दलित मुक्ति मञ्च, नेपालले विराटनगर १९ स्थित घिनाघाटमा राजनैतिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले, कांग्रेस, माओवादी पार्टी परित्याग गरी एक सयभन्दा धेरै मञ्चमा गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि लिङदेनले परिवर्तनको सबै दलितहरु एकजुट हुन आव्हान गरेका छन् । दलित बस्तीमा परिवर्तनको लागि शिक्षा, रोजगारी, स्वास्थ्यसँगै चेतनाको विकास गर्ने पर्ने बताएका छन् लिङदेनले दुलित मुक्तिको लागि लिम्बुवान, खम्बुवान, खसान लडने बताए । देशको १३ दशमलव आठ प्रतिशत जनसंख्या भएको दलितको मुक्तिको लागि संघीय मञ्चले देशको सबै जिल्लाहरुमा लडने प्रतिबद्धता व्यक्त गरेका छन् । सरकारको हरेक अंगमा दलितको उपस्थिति नुहुनको पिढाले हामीलाई अन्दोलित बनाएको बताउँदै लिङदेनले समावेशी, सामानुपातिक प्रणालीबाट हरेक अंगमा दलितको उपस्थिति हुने आन्दोलनमा मञ्च उभिएको छ । यो आन्दोलनमा एकजुट भएर आउन उनले आव्हान गर्दै संघीय मञ्चको चुनाव चिन्ह दाप सहितको खुकुरीमा भोट दिन अनुरोध गरेका छन् । अहिलेको राज्य व्यवस्थाले मन्त्रीभन्दा धेरै अधिकार वडाध्यक्षलाई दिएको भन्दै अब वडा–वडामा जनप्रतिनिधि जित्न अध्यक्ष लिङदेनले आव्हान गरे ।

त्यसैगरी मञ्चका संघीय अर्थसचिव बिष्णु यक्सोले देशमा परिवर्तन गर्न शक्ति निर्माणको लागि मञ्चले सबै क्षेत्रमा कार्यक्रमहरु अघि बढाएको बताए । राज्यले हामीलाई दवाएको छ, त्यसको बिरुद्ध आफ्नो हकअधिकार सुनिश्चिताको लागि हामी विभेदमा परेकाहरु शाहसका साथ अघि बढ्न अनुरोध गरेका छन् । यक्सोले भने अब दलित ऋषिदेवका छोरा सांसद भएर आफ्नो क्षेत्र र जातीको विकासमा उभ्याउन आफ्नै चुनाव चिन्हमा भोट लगाउनु पर्ने बताए । एमाले, कांग्रेसको चुनाव नभएर आफ्नै चुनाव चिन्हमा भोट हाल्न अनुरोध गर्दै संघीय मञ्चले दलितलाई आफ्नै झण्डा बोक्ने अधिकार दिएको हुँदा दलितलाई यो भन्दा अर्को विकल्प नभएको स्पष्ट पारे ।

विहीबार आयोजित उक्त प्रशिक्षण कार्यक्रममा विराटनगर १९ मा संघीय दलित मुक्ति मञ्च, नेपालको हर्नुबाबा ऋषिदवेको अध्यक्षतामा ५१ सदस्यीय वडा समिति गठन गरेको छ । त्यसैगरी उपाध्यक्षमा फकिर पासवान, अर्थसचिवमा शान्ति ऋषिदेव चयन भएका छन् भने सचिव पद पछि पदपुर्ति गर्ने गरी नयाँ समिति गठन भएको हो ।

दलित मुक्ति मञ्च विरानगर १९ समितिका सदस्यहरुमा गीता देवी पासवान, सकुनी ऋषिदेव, शुशीला ऋषिदेव, कुलमन्ती ऋषिदेव, सुकनी ऋषिदेव, गीता बुहानात, धनसरी ऋषिदेव, हमाल ऋषिदेव, मनिलाल ऋषिदेव, सदानन ऋषिदेव, राजकुमार सदा, सिरुवा ऋषिदेव, पारो ऋषिदेव, अधनीमा ऋषिदेव, बजरी ऋषिदेव, सुगिया ऋषिदेव, अन्सादेवी ऋषिदेव, गौरी ऋषिदेव, मिना ऋषिदेव, रेबनी ऋषिदेव, कल्पना ऋषिदेव, सिया वती ऋषिदेव, दयाल ऋषिदेव, सन्कि ऋषिदेव, द्रोपती ऋषिदेव, दौना ऋषिदेव, सुशिला ऋषिदेव, सुस्मा ऋषिदेव, पुष्पा ऋषिदेव, शर्मिला ऋषिदेव, सिमावती ऋषिदेव लगायत रहेका छन् ।

कार्यक्रममा लिम्बुवान प्रान्तीय मञ्चका उपमहासचिव दिल कुमार लावती, मोरङ जिल्ला अध्यक्ष दिलु लिङदेन लावतीले नवप्रवेशी तथा निर्वाचित समितिलाई बधाई तथा शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रममा मञ्चका संघीय सदस्य चन्द्र कन्दङ्वा लावासा, सुर्य लिम्बु आङबुहाङ र लिम्बुवान भोलेन्टियर्स सिनियर कमाण्डर सुमन सम्बाहाम्फेको समेत उपस्थिति रहेको थियो ।

संघीय दलितमुक्ति मञ्चका उपाध्यक्ष बलराम सदाले कार्यक्रमको सहजीकरण गरेका थिए । यसैगरी कार्यक्रमको अध्यक्षता समाजसेवी हर्नु बाबा ऋषिदेवले गरेकाथिए भने स्वागत मन्तव्य मिना ऋषिदेवले गरेकि थिइन् ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;