मेलिना र सुनिताको आवाजमा ‘निङवा पङ्सिङ्लो’ लिम्बु गीत सार्वजनिक
शुक्रबार, १५ असोज, २०७८ बिहानको ०९:२७ बजे,
लिम्बुवान न्युज
दमक, १५ असाेज । चर्चित गायीकाद्वय मेलिना राई र सुनिता थेगिम लिम्बू द्वयको आवाजमा सजिएको लिम्बू भाषाको मनछुने गीत ‘निङवा पङ्सिङ्लो’ सार्वजनिक गरिएको छ ।
बिहिबार ललितपुर नखिपोटस्थित युङचाहिम होटलमा पुर्व भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङको प्रमुख आतिथ्यमा एक कार्यक्रमविच विमोचन गरि सार्वजनिक गरिएको हो ।
सञ्चरकर्मी टिआर सेनेहाङ लिम्बूको शब्द रहेको उक्त गीतलाई चर्चित पूर्वेली गायिका सुनिता थेगिमको संगीतमा मेलिना राईको आवाजमा पहिलो लिम्बू गीत ‘निङवा पङसिङलो’ भिडियो गायीका सुनिता थेगिमको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
इसाक जबेगुको छायाँकन तथा सम्पादन रहेको लिप्सिङ भिडियोमा अस्मिता राई र रेखा फागोको मेकअप, लिब्जु कलेक्सनको पहिरन र फामाहिम बुटिक एण्ड गार्मेन्टको गरगहना रहेको छ ।
देबेश राईको संगीत संयोजनमा मुस्कान मुकारुङ राईको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको रेकर्डिङ भने सेवा रेकर्डिङ स्टुडियोमा गरिएको हो ।
ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...
दमक, १५ असार । मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...
ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ । शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...
दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो...