मेलिना र सुनिताको आवाजमा ‘निङवा पङ्सिङ्लो’ लिम्बु गीत सार्वजनिक
शुक्रबार, १५ असोज, २०७८ बिहानको ०९:२७ बजे,
लिम्बुवान न्युज
दमक, १५ असाेज । चर्चित गायीकाद्वय मेलिना राई र सुनिता थेगिम लिम्बू द्वयको आवाजमा सजिएको लिम्बू भाषाको मनछुने गीत ‘निङवा पङ्सिङ्लो’ सार्वजनिक गरिएको छ ।
बिहिबार ललितपुर नखिपोटस्थित युङचाहिम होटलमा पुर्व भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङको प्रमुख आतिथ्यमा एक कार्यक्रमविच विमोचन गरि सार्वजनिक गरिएको हो ।
सञ्चरकर्मी टिआर सेनेहाङ लिम्बूको शब्द रहेको उक्त गीतलाई चर्चित पूर्वेली गायिका सुनिता थेगिमको संगीतमा मेलिना राईको आवाजमा पहिलो लिम्बू गीत ‘निङवा पङसिङलो’ भिडियो गायीका सुनिता थेगिमको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
इसाक जबेगुको छायाँकन तथा सम्पादन रहेको लिप्सिङ भिडियोमा अस्मिता राई र रेखा फागोको मेकअप, लिब्जु कलेक्सनको पहिरन र फामाहिम बुटिक एण्ड गार्मेन्टको गरगहना रहेको छ ।
देबेश राईको संगीत संयोजनमा मुस्कान मुकारुङ राईको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको रेकर्डिङ भने सेवा रेकर्डिङ स्टुडियोमा गरिएको हो ।
दमक/ किरात याक्थुङ चुम्लुङले कोशी प्रदेशको नाम खारेज गरेर ‘लिम्बुवान, किरात’ नामाकरण गर्न माग गरेको छ । चुम्लुङको १२ औँ राष्ट्रिय महाधिवेशन सम्पन्न पश्चात सोबार भद्रपुरमा भएको पत्रकार सम्मेलनमा याक्थुङ(लिम्बु) र राईहरूको मुख्य थातथलो रहेको १४...
ललितपुर, ११ चैत्र । नेपाली कांग्रेसबाट नवनिर्वाचित प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ ग्रहण गराएका हुन् । केसी...
माेरङ, १० चैत । ‘काेशी’ नाम खारेजी आन्दोलनका सहिद पदम सुक्वाबा लिम्बु ‘लाजेहाङ’ लाई पहिचानवादीहरूले स्मरण गरेका छन् । लाजेहाङकाे तेस्रो स्मृति दिवसको अवसरमा उनको सम्झना गरिएको हाे । मङ्गलबार बेलबारीमा प्रदेश नम्बरको एक पुनः...
दमक, १० चैत्र । याक्थुङ लिम्बु जातिको साझा संस्था किरात याक्थुङ् चुम्लुङको १२औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । मंगलबार झापाको चारआलीस्थित होटल नाङ्लोमा कियाचु संघीय समितिले पत्रकार सम्मेलन गर्दै झापाको भद्रपुर चन्द्रगढीमा...