लिम्बुवान मञ्च मोरङ्को पाँचौ अधिवेशनको सम्पूर्ण तयारी पुरा– दिलु लिङदेन

 लिम्बुवान न्युज
                       

लेटाङ, १५ असोज । संघीय लिम्बुवान मञ्च, नेपाल मोरङ् जिल्ला अध्यक्ष दिलु लिङदेनले शनिबार हुन गईरहेको पाँचौं जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको बताएकी छन् । शनिबार आयोजना हुने पाँचौ अधिवेशनलाई मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकद्वारा खुल्लासत्र उद्घाटन हुने अध्यक्ष दिलुले बताइन् ।

जिल्लाको १७ वटा स्थानीय पालिका, ६ वटा निर्वाचन क्षेत्र र १२ वटा प्रदेश निर्वाचन क्षेत्रबाट कोभिड १९को अवस्थालाई मध्यनजर गर्दै कम्तिमा १ हजार कार्यकर्ताहरु खुल्ला सत्रमा सहभागी हुने बताईएको छ । त्यसैगरी खुल्लासत्र सकिन्नसाथ बन्दसत्रमा २ सय पचास प्रतिनिधि र १ सय पर्यवेक्षकहरुबाट नयाँ समिति चयन गर्ने अध्यक्ष दिलुले बताइन् ।

लेटाङको गोदावारी सामुदायिक बनको सभाहलमा हुने कार्यक्रममा विभिन्न जातीय झाँकी सहित सांगीतिक कार्यक्रमहरु पनि आयोजना हुने जिल्ला बरिष्ठ उपाध्यक्ष जीवन खेवाले बताए । त्यसैगरी मोरङ् जिल्लामा मञ्चलाई शसक्त पार्टीको रुपमा स्थापना गर्दै आगामी स्थानीय पालिका, प्रदेश र संघको चुनावमा नेकपा एमाले, कांग्रेस, माओवादी पार्टीसँग प्रतिस्पर्धा गर्नेगरी अघि बढेको मोरङ् जिल्ला इन्चार्ज प्रान्तीय उपमहासचिव तथा संचारविभाग प्रमुख दिल कुमार लावतीले बताए ।

सम्बन्धित समाचार

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

;