विश्वासिलो सहकारीको १०औं साधारणासभा आजबाट प्रारम्भ

 लिम्बुवान न्युज
                       

दमक, १५ असोज । विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाको १०औं वार्षिक साधारणसभा सुरू भएको छ । दमक ६ मा रहेको यस सहकारी संस्थाले आजदेखि तिन दिनसम्म साधारणसभा गर्ने भएको छ ।

संस्थाको कार्यालयमा आयोजित १०औं बार्षिक साधारणसभाको अध्यक्षता अध्यक्ष अशिम राईले गर्नुभएको थियो । सो अवसरमा वार्षिक साधारणसभाको उद्घाटन जिल्ला सहकारी संघका उपाध्यक्ष एबम् नवदुर्गा बहुदेश्यीय सहकारी संस्था दमकका अध्यक्ष प्रेम प्रसाद कोइरालाले गर्नुभएको थियो ।

साधारणसभाको प्रमुख अतिथि समेत रहनुभएका सहकारी संघ झापाका उपाध्यक्ष कोइरालाले पानसमा दीप प्रज्वलन गर्नुभएको थियो । त्यस्तैं, सोही अवसरमा प्रमुख अतिथि, सभाका अध्यक्ष, संस्थाका सञ्चालक समिति, लेखा समितिका पदाधिकारी र सदस्यहरुले सामुहिक रुपमा संस्थाको १०औं वार्षिक साधारणसभामा प्रस्तुत गरिने वार्षिक प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो ।

सञ्चालक समितिको अध्यक्षमा अशिम राई, उपाध्यक्ष सम्झाना साँवा, सचिव सुमन कुमार राई छन् । त्यस्तैं, सञ्चालक समितिका सदस्यहरुमा नारायण प्रसाद खरेल, अनिमा तामाङ, निर्मला लावती र युवराज दंगाल छन् । लेखा समितिको संयोजकमा खेमराज पौडेल, सदस्यहरुमा कविता फागो र माया राई छन् ।

ऋण उपसमिति संयोजकमा अनिमा तामाङ, सदस्यहरुमा निर्मला लावती र नारायण प्रसाद खरेल छन् । धितो मुल्यांकन समितिको संयोजकमा युवराज दंगाल र सदस्यहरुमा अनिमा तामाङ र माया राई छन् ।

त्यस्तैं, संस्थाको कर्मचारीहरुमा व्यवस्थापक हरिप्रसाद दाहाल, लेखापालमा अनमोल तामाङ, क्यासियर प्रसम्सा श्रेष्ठ छन् । त्यस्तैं, बजार प्रतिनिधिहरुमा सुमित सुब्बा, अस्मिता राई र कौसिला ताजपुरिया छन् ।

कार्यक्रममा अध्यक्ष राईले कोरोना भाइरस (काभिड–१९) को संक्रमण अहिलेपनि यथावत रहिरहेकोले संस्थाको १०औं बार्षिक साधारणसभालाई ठूलो संख्यामा उपस्थित गर्न नचाहेको बताउनुभयो ।

महामारीको समयमा संस्थाले आर्थिक बर्ष २०७७।०७८ का कारोबार सम्बन्धी भएको प्रगती विवरणहरुसहितको आगामी आर्थिक वर्ष २०७८।०७९ का निती, कार्यक्रम र योजनाहरु सार्वजनिक गरिएको प्रतिवेदन सदस्यहरुलाई वितरण गरिने अध्यक्ष राईले बताउनुभयो ।

अध्यक्ष राईका अनुसार संस्थाले १०औं वार्षिक साधारणसभा १५ असोजदेखि १७ गतेसम्म गरिएको छ । आफ्नो अनुकलता समयम मिलाएर साधारणसभामा सहभागि हुन संस्थाका सदस्यहरुलाई आग्रह गर्नुभएको छ ।

कार्यक्रममा संस्थाकी उपाध्यक्ष सम्झाना साँवाले स्वागत मन्तव्य गर्नुभएको थियो । त्यस्तैं, कार्यक्रमको सञ्चालन संस्थाका सचिव सुमन कुमार राईले गर्नुभएको थियो ।

सम्बन्धित समाचार

केवलकार निर्माण खोरेजीको माग गर्दै जिल्ला प्रशासन ताप्लेजुङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

ललितपुर । ताप्लेजुङको मुक्कुमलुङ निर्माणाधिन केवलकार निर्माण परियोजना खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा ज्ञापनपत्र बुझाइएको छ । मुक्कुमलुङ ताङसेप चुम्भोको अगुवाईमा परियोजना खारेजको माग गर्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो ।...

कियाचु दक्षिण कोरियाले २५औँ वार्षिकोत्सवमा “वसाङलुङ” विमोचन गर्दै ।

ललितपुर । दक्षिण कोरियामा क्रियाशील संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समापन समारोह भव्य तथा विशेष रूपमा आयोजना गर्ने भएको छ । संस्थाका अनुसार उक्त महत्वपूर्ण कार्यक्रम आगामी १०...

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...