लिम्बुवान मञ्च दमक ८ को अध्यक्षमा बेनु कुमार लिम्बु निर्वाचित

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, १५ असोज । संघीय लिम्बुवान मञ्च, नेपाल दमक नगरपालिकाको वडा नं. ८ को तेस्रो वडाअधिवेशन सम्पन्न भएको छ ।

शुक्रबार मञ्चका प्रान्तीय महासचिव सुरेन्द्र लिम्बु नोनामज्यूको प्रमुख आतिथ्यतामा दमक ८स्थित दमक बहुमुखी सहकारी संस्थाको सभाहलमा बेनुकुमार लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन भएको हो ।

आज आयोजित अधिवेशनले अध्यक्ष लिम्बु सहित उपाध्यक्षमा टिका तुम्बापो र कुल बहादुर लिङदेन, सचिवमा बिरेन्द्र सेर्मा र अर्थसचिवमा हरिमाया कन्दङ्वा निर्वाचित हुनेभएको छ । त्यसैगरी सदस्यहरुमा हरिलाल चौधरी, नन्द राई, राम राई, तिर्थकुमारी थेगिम र सुकमाया लिम्बु निर्वाचित भएका छन् ।

कार्यक्रममा प्रान्तीय उपमहासचिव भानु भट्टराई, सचिवहरु धनराज सुब्बा, राम चेम्जोङ्, विष्णु भट्टराई, प्रान्तीय सदस्यहरु चन्द्र कन्दङ्वा, मुक्सान माङ्लाक, दमक नगर अध्यक्ष याम लिम्बु लगायत नेताहरुले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम वडाध्यक्ष जितेन हाङ्स्रोङको सभाध्यक्षतामा भएको थियो । कार्यक्रमलाई दमक नगर समितिको बरिष्ठ उपाध्यक्ष सन्त चेम्जोङ्ले सहजीकरण गरेका थिए ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...