लिम्बुवान मञ्च दमक १ को अध्यक्षमा पुनः उदयमान तुम्रोक

 लिम्बुवान न्युज
                       

दमक । संघीय लिम्बुवान मञ्च, नेपाल दमक वडा नं. १ को अध्यक्षमा पुनः उदयमान तुम्रोक निर्वाचित भएका छन् । शनिबार मञ्चका संघीय महासचिव सुरेन्द्र लिम्बु नोनामको प्रमुख आतिथ्यतामा दमकस्थित किरात धर्म तथा साहित्य उत्थान संघको सभाहलमा तुम्रोकको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो ।

त्यसैगरी वडा १ समितिको उपाध्यक्षहरुमा नन्द बहादुर बेघा र प्रतिमा सेवा इम्बुङ, सचिवमा विरेन्द्र तावा, सहसचिवमा कल्पना पाँचकोटी र उमेश सम्बाहाम्फे, उपसचिवमा डोलेन्द्र चेम्जोङ् निर्वाचित भएका छन् भने अर्थसचिव अहिलेलाई खालि राखिएको छ । त्यसैगरी कार्यसमिति सदस्यहरुमा क्रमशः रस्मी नेम्बाङ, गंगा परियार, विशाल योङहाङ, रोर्ण बहादुर लिङ्थेप, कल्पना लावती, कला लिम्बु, सिया लिम्बु, रोमन थेवे, कुमार कुगेनाम्बा लिम्बु, शेर बहादुर लिम्बु, वीर बहादुर तामाङ, लिलादेवी आङ्देम्बे, कुमार लावती, दिल बहादुर ताम्सालिङ, सन्तकुमार लिम्बु, लक्ष्मी विश्वकर्मा, सिद्धीबहादुर जोगी, भक्त बहादुर राई, दुर्योधन मगर, हरि अधिकारी, रमेश तुम्बापो, तिर्थराज आङ्देम्बे, भुपेन्द्र बेघा, सुस्मिता आङ्देम्बे, विनीता चेम्जोङ्, उत्तर कुमार विक, सन्देश निङ्लेखु, हरिप्रसाद चेम्जोङ, रामचन्द्र शाह र चोक बहादुर लावती रहेका छन् ।

कार्यक्रममा मञ्चका महासविच तथा कार्यक्रमका प्रमुख अतिथि लिम्बुले नयाँ कार्यसमितिलाई खाँदा ओढाई सफलग्रहण गराएका थिए भने मन्तव्यको क्रममा दमक नगरमा लिम्बुवान मञ्चलाई शसक्त पार्टीको रुपमा विकसित गर्दै अघि बढ्न नेताहरुलाई आग्रह गरेकोका छन् । यसैगरी उनले दमक नगर साच्चिकै लिम्बुवानमय बन्दै गएको समेत जिकीर गरेका छन् । पहिचान विरोधी यथास्थितिवादीहरुको विरुद्ध मञ्च निरन्तर आन्दोलित र सडक संघर्षमा हुने समेत बताए ।

यसरी नै उक्त भेटघाट तथा वडाअधिवेशन कार्यक्रममा मञ्चका सचिवालय सदस्य प्रमिला मगर, प्रान्तीय सदस्य टंक माङलाक, चन्द्र कन्दङवा, पहिचान सदस्य हर्क निङ्लेखु, लोकेन्द्र माङला, पूर्व मलेसिया प्रवास अध्यक्ष मोहन थेवे, दमक नगर अध्यक्ष याम लिम्बु, बरिष्ठ उपाध्यक्ष सन्त चेम्जोङ, नगर सचिव मनु साम्पाङ्, सुख बहादुर सोदेम्बा, अर्थसचिव दिनेश लावती र सचिवालय सीता केरूङ त्यसैगरी यूके प्रवास तथा समाजेवी यादवसिंह वेघा लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

वडाध्यक्ष उदिमान तेम्रोकको सभाध्यक्षतामा भएको कार्यक्रमलाई नगर सचिव मनु साम्पाङ्ले सहजीकरण गरेकि थिइन् ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...