लिम्बुवान खम्बुवान हुन नदिन वडाध्यक्ष पद सबैभन्दा शक्तिशाली बनाइयो– कुमार लिङदेन

 लिम्बुवान न्युज
                       

दमक । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकले लिम्बुवान खम्बुवान प्रान्तहरु बन्न नदिन एकात्मकवादीहरुले वडाध्यक्ष पदलाई सबैभन्दा शक्तिशाली बनाएको बताएका छन् । आइतबार दमकमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले संघीयता कार्यान्वयन हुन नदिन स्थानीय वडापालिकाका अध्यक्षपदलाई एकात्मक राज्यव्यवस्थाले शक्तिशाली बनाइएको बताए ।

अध्यक्ष लिङदेनले वडा वडामा मञ्चलाई शसक्त बनाउनु पर्ने बताउँदै सबै नेता कार्यकर्ताहरु वडालाई मजबुत बनाउने निर्देशन दिएका छन् । वडामा मञ्चलाई जिताए पछि मात्र मञ्चले उठाएको मुद्दाको राज्यले सम्बोधन गर्ने अध्यक्ष लिङदेनले बताए ।

एक दुई जना राई, लिम्बु र धिमालको प्रगति हुँदैमा समग्र जातीको प्रगति नहुने दिनदिनै मरिरहेको हुने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकले बताएका छन् । आइतबार दमक ४ कृष्णमन्दिरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

देशको संरचना नै गलत भएको भन्दै अध्यक्ष लिङदेनले देशको सिंहदारबारलाई भत्काएर प्रान्तहरुमा ल्याउने मञ्चको मुख्य कुरा बताउँदै सबै वर्ग र जातीलाई धनी बनाउने सह–अत्विवादको चिन्तन बोकेको एक मात्र पार्टी संघीय लोकतान्त्रिक मञ्च र यो अन्तर्गतको १०+१ प्रान्तको विचार बोकेको पार्टीले मात्र सम्भव हुने बताए ।

१६ खरबभन्दा धेरै ऋण पुगेको छ नेपालमा १४ खर्ब रकमको बजेटको कर्मचारीतन्त्रमा मात्र ९ खर्ब पैसा खर्च भईरहेको बताउँदै यो भनेको ६५ प्रतिशत रुपैयाँ हो अध्यक्ष लिङदेन भने विदेशी ऋण घटाउनलाई कर्मचारी कटौती गर्नु पर्ने बताए । देशको कुल कर्मचारी हटाएर ३५ प्रतिशत मात्र राख्ने पर्ने बताउँदै अध्यक्ष लिङ्देनले भने यो बेला ठूलो आट गर्नुपर्ने बताए । कर्मचारीहरुलाई प्रविधि मैत्री बनाएर कामलाई छिटाछरितो बनाउने तर्फ राज्यले काम गर्नु पर्ने बताए । कर्मचारी तन्त्रमा एउटा मात्र जातीले हालीमुहाली गरिरहेको प्रति मञ्चको आपत्ती रहेको बताए । सबै जातीहरुको सहभागीत गर्ने सह–अस्तित्व कायम नभए कर्मचारीतत्रमा भ्रष्टचारको अन्त्य नहुने लिङदेनले भने एकात्मकवादी भ्रष्टचार र मिडियातत्रले देश समाप्त हुने बताए ।

अर्को प्रसङ्गमा अध्यक्ष लिङदेनले जति धेरै ऋण थपिदै जान्छ उति पैसाको मूल्य घट्दै जाने भएको हुँदा मुल्य स्पिर्थितले मुलुक झनझन गरिब हुँदै गएकोमा चिन्त व्यक्र गरे । यहाँका धिमालहरु, आदिवासी, जनजाति दलित, पिछडिएका जातीहरु आफ्नो थातथालो सकेर सुकुम्बासी बस्तीमा पुग्छ अनि नगरपालिकाको डोजर लाग्छ त्यसपछि खोलाको किनारमा पुग्दैछौं त्यहाँ बाढी आउँछ, गोमन साप आउँछ अनि समाप्त हुँदैजाने छौं अब पनि हामीले एमाले कांग्रेसको पक्षमा मत हालेर समुदाय नै समाप्त गर्ने अध्यक्ष लिङदेनले प्रश्न गरेका थिए ?

दमक ४ कृष्णमन्दिरमा आयोजित कार्यक्रममा मञ्चका संघीय महासचिव सुरेन्द्र लिम्बु, संघीय अर्थ सचिव विष्णु यक्सो, लिम्बुवान प्रान्तीय उपमहासचिव दिल कुमार लावती, सचिव धनराज सुब्बा, दलित मुक्तिमञ्चका उपाध्यक्ष बलराम सदा, संघीय सदस्य चन्द्र कन्दङवा, सुर्य लिम्बु, प्रकाश लिङदेन, प्रान्तीय सदस्य नारायण लावती, कविन्द्र सेर्मा, पहिचान सदस्य हर्क निङलेखु, लिम्बुवान दमक नगर अध्यक्ष याम लिम्बु लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा दमक वडा न.ं ४ को वडा समिति खल बहादुर लिम्बुको अध्यक्षतामा गठन भएको छ । समितिको उपाध्यक्षमा गंगा धिमाल, सचिव सविन धिमाल, अर्थसचिवमा प्रेम लिम्बु, सहसचिवमा निश्चल लिम्बुले जिम्मेवारी पाएका छन् भने सदस्यहरुमा निरोज आचार्य, अर्जुन धिमाल, शोनी धिमाल र लक्ष्मी धिमाल रहेका छन् । त्यसैगरी सो भेलाले पुष्पलाल भट्टराईको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेको छ । सल्लाहकार समिति सदस्यहरुमा कमल कुमार साँबा, कुल बहादुर धिमाल, आस बहादुर धिमाल र चन्द्र साँबा रहेका छन् ।

कार्यक्रम लिम्बुवान मञ्च जिल्ला सदस्य जल प्रकाश धिमालको सभाध्यक्षताका साथै दमक नगरका बरिष्ठ उपाध्यक्ष सन्त चेम्जोङको स्वागत मन्तव्य रहेको थियो भने नगर सचिव मनु साम्पाङले कार्यक्रमको संचालन गरेकि थिइन् ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...

टारीमा घुमाउने घरकाे उद्घाटन

सेसेहाङ चाेडबाङ फेदाप । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–१, सिम्ले मयन्तापा टारीमा रहेकाे महानन्द निङ्लेखु सङ्ग्रहालय तथा अनुसन्धान केन्द्रको विभिन्न सास्कृतीक कार्यक्रमहरू सहित अाज उद्घाटन गरिएकाे छ। कार्यक्रमका प्रमुख अथिती माननीय सन्तोष निङलेखुले पानसमा बत्ती बालेर...