पूर्व खानेपानी तथा सरसफाई मन्त्री खड्का नेपाली कांग्रेस संखुवासभाको सभापतिमा निर्वाचित

,   लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, १८ असाेज । नेपाली कांग्रेस संखुवासभाको पार्टी सभापतिमा पूर्व खानेपानी तथा सरफाई मन्त्री दीपक खड्का निर्वाचित भएका छन् ।

सोमबार सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार खड्का जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।

शनिबार उद्घाटन भएको जिल्ला अधिवेशनमा नयाँ कार्यसमिति चयनका लागि आइतबार मतदान भएको थियो । कुल खसेको १३५२ मतमध्ये खड्काले ११९८ मत प्राप्त गरे । उनका प्रतिद्वन्दी राइमान राई भारी मतले पराजित भएका छन् । खड्का संस्थापनइत्तरका नेता हुन् ।

यस्तै संखुवासभा उपसभापतिमा रामकुमार जिमी, अनन्त गौली, सचिवमा टकमान घले र कुमारबाबु अधिकारी, सहसचिवमा किशोर कुमार गुरुङ र सुवास कालाखेती विजयी भएको जिल्ला निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसको जारी अधिवेशनअन्तर्गत अहिलेसम्म ६ जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको कांग्रेसले जनाएको छ । कांगेसले जनाए अनुसार मनाङ, मुस्ताङ, हुम्ला, कालीकोट, रुकुमपूर्व र संखुवासभामा जिल्ला अधिवेशन सम्पन्न भएको हो ।

 

सम्बन्धित समाचार

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

;