महासंघ अध्यक्ष गिरीद्वारा जन्मोत्सवमा पत्रकार उपचार कोषलाई सहयोग प्रदान

 लिम्बुवान न्युज
                       

विर्तामोड, १८ असोज । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एवम् पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक एकराज गिरीले आफ्नो जन्मोत्सवको अवसरमा पत्रकार उपचार कोषलाई सहयोग प्रदान गरेका छन् । सोमबार गिरीले पत्रकार सहारा उपचार कोषमा २५ हजार पाँच सय २५ रुपैयाँ प्रदान गर्ने घोषणा गरेका हुन् ।

हाल अस्वस्थ भइ आराम गरिरहेका गिरीले महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोषका लागि उक्त रकम प्रदान गर्ने घोषणा गरेका हुन् । स्वास्थ्य भएपछि उक्त रकम एक कार्यक्रमका बीच हस्तान्तरण गर्ने बताइएको उनले बताएका छन् ।

दर्जन बढी संघ–संस्थामा आबद्ध रहेर सामाजिक कार्यका साथै दुई दशकभन्दा अघिदेखि पत्रकारितामा सक्रिय गिरीले उपचार कोषलाई सहयोग गर्दै पत्रकारको दिगो विकास र पत्रकारको हितमा योगदान गर्न सहयोग प्रदान गर्न लागेको अध्यक्ष गिरीले बताए ।

झापाली पत्रकारहरुको हितमा आफूले महासंघको विभिन्न जिम्मेवारीमा रहँदादेखि नै काम गर्दै आएको र अध्यक्षको जिम्मेवारीसँगै पत्रकारको हितमा आफू निरन्तररुपमा लागेको उनले बताए । महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पुर्याउने लक्ष्य राखिएको छ ।

कोषको ब्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा हालसम्म ४५ लाख रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको महासंघका उपाध्यक्ष केशव भट्टराईले जानकारी दिए । कोषमा सहयोग जुट्नेक्रम जारी रहेको छ । आफू झैं अरुले पनि जन्मोत्सव, विवाह उत्सव तथा पितृस्मृति जस्ता सन्दर्भमा केही रकम योगदान गर्ने हो भने कोषलाई एक करोड रुपैयाँ बनाउन सहयोग पुग्ने अध्यक्ष गिरीले बताए ।

महासंघ झापा शाखाले विभिन्न संघ–संस्था, सहकारी, बैंक तथा दाता सबैलाई एकपटक पत्रकारको दिगो हितका लागि स्थापना भएको उपचार कोषमा सहयोग गर्न आह्वान गरेको छ । महासंघ झापाका अध्यक्ष गिरीले यहि कार्यकालमा कोषलाई एक करोड पुर्याउने लक्ष्यका साथ काम गरिरहेको बताए ।
अध्यक्ष गिरीको सो कोष निर्माणमा महत्वपूर्ण भूमिका रहेको छ ।

सम्बन्धित समाचार

सहिद लाजेहाङको आमाको निधनः आजै अन्त्येष्टि

दमक, ११ साउन । प्रदेश नं. १ को कोशी नाम खारेजी आन्दोलनका क्रममा सहिद भएका पदम कुमार लिम्बु लाजेहाङको आमाको निधन भएको छ । बिक्रम सम्वत २०१५ साल भदौं चार गते तेह्रथुममा जन्मिएकी धनमाया लिम्बुको...

भाषा आयोग र कियाचु बिच याक्थुङ/लिम्बु भाषा कार्यान्वयनमा समन्वयका लागि छलफल

ललितपुर, ११ साउन । भाषा आयोगका माननीय अध्यक्ष डा. गोपाल ठाकुर, आयोगका माननीय सदस्यहरू तथा प्रमुख कर्मचारीहरूसँग किरात याक्थुङ चुम्लुङका प्रतिनिधिहरूबीच शुक्रबार काठमाडौंमा छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। प्रदेश नं. १ मा याक्थुङ/लिम्बु...

निर्देशक सागर केरुङलाई स्कटल्याण्डमा “उत्कृष्ट निर्देशक अवार्ड”

ललितपुर, ९ साउन । पूर्व पान्थरमा जन्मिएका बहुप्रतिभाका धनी साहित्यकार, लेखक तथा निर्देशक सागर केरुङलाई ‘उत्कृष्ट निर्देशक अवार्ड’ प्रदान गरिएको छ । गत १९ जुलाई २०२५ मा स्कटल्याण्डको राजधानी एडिन्बरामा प्रथमपटक आयोजना गरिएको ‘नेपाल इन्डिजिनियस...

“पदको महत्वकांक्षाले म राजनीतिमा आएकी होइन”–विद्या भण्डारी

ललितपुर, ९ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार सम्मेलनको आयोजना गरेकी छिन् । पूर्व राष्ट्रपति भण्डारीले आफूलाई कुनै पदको महत्वकांक्षा र आशक्ति नभएको अब पदको कुनै आशक्ति नरहेको स्पष्ट पारेकी हुन् । शुक्रबार काठमाडौंस्थित कार्की...